७ वैशाख २०८१ शुक्रबार
खेल

जोनसनले लिए सम्पूर्ण फर्म्याटका क्रिकेटबाट विश्राम

काठमाडाैं - अष्ट्रेलियाका तिव्र गतीका बलर मिचेल जोनसनले सबै फर्म्याटको क्रिकेट प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन्। यो वर्षको शुरुवाततिर बिग बास लिगको अन्तिम खेल पर्थ स्कोर्चर्सबाट खेलेका उनले अब कुनैपनि घरेलु लिग समेत नखेल्ने घोषणा गरेका हुन। जोनसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन् २०१५ को नोभेम्वरमानै न्युजिल्याण्डसँगको टेष्ट सिरिज चल्दै गर्दा सन्यास लिएका थिए।

जोनसनले आइतवार सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गर्दै लेखेका छन् “अव पुरा भयो, मैले आफ्नो अन्तिम बल बलिङ गर्दै अन्तिम विकेट पनि लिइसके, अव म आजैवाट क्रिकेटको सम्पूर्ण फर्म्याटबाट सन्यास लिएको घोषणा गर्दछु।”

उनले क्रिकेट खेल्नबाट सन्यास लिएपनि भविष्यमा आफु प्रशिक्षकका रुपमा भने देखा पर्न सक्ने बताए। जोनसनले अझै केहि समय आफुले क्रिकेट खेल्ने सोँच बनाएको भएपनि आफ्नो शारिरिक अवस्थाले साथ नदिँदा सन्यासको घोषणा गर्नुपरेको बताए। उनले अगाडी भने “जब मैले सत प्रतिशत राम्रो खेल्न सक्दिन भने मैले टिमलाई राम्रो नतिजा समेत दिन सक्दिन, टोलिका लागि राम्रो गर्नुनै मेरो प्रमुख लक्ष्य हो।”

जोनसनले फस्ट क्लास क्रिकेटमा सन् २००१ मा डेब्यु गरेका थिए भने अष्ट्रेलियाली टोलीबाट भने एक दिवसीयमा सन् २००५ मा न्युजिल्याण्ड विरुद्धको खेलबाट, न्युजिल्याण्ड विरुद्धकै सन् २००७ मा भएको टेष्ट सिरिजबाट टेष्ट क्रिकेटमा भने टिट्वान्टिमा सन् २००७ मै जिम्बाबे विरुद्ध भएको खेलबाट डेब्यु गरेका थिए। 

जोनसनले अष्ट्रेलियाकालागि ७३ टेष्टमा ३ सय १३ विकेट, १ सय ५३ एक दिवसीयमा २ सय ३९ विकेट तथा ३० टिट्वान्टिमा ३८ विकेट लिएका छन्। जोनसनले सन् २००८ मा साउथ अफ्रिका विरुद्ध भएको खेलमा ६१ रन दिँदै ८ विकेट लिएका थिए। उनको यो प्रदर्शनलाई हालसम्म पनि क्रिकेट प्रेमीहरुले सम्झिने गरेका छन्। यस्तै सन् २०१३/१४ मा भएको एसेज सिरिजमा अष्ट्रेलियालाई ५-० ले सिरिज जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उक्त सिरिजमा उनले ३७ विकेट लिएका थिए भने तिन टेष्टमा म्यान अफ दि म्याचको उपाधी समेत प्राप्त गरेका थिए।  

 

प्रकाशित: ३ भाद्र २०७५ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App