पार्टी एकताबारे दाहालले भने : सोचे भन्दा फरक ठाउँमा आइपुगेको छु

आइतबार, ०३ भदौ २०७५, १६ : ५९ नागरिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफु सोचेभन्दा विल्कुल फरक ठाउँमा आइपुगेको बताएका छन्। आफ्नो व्याक्तिगत जीवन, जनयुद्ध र अहिले पार्टी एकतासम्म आइपुग्दा सोचेको भन्दा फरक ठाउँमा आएको महसुस भएको बताएका हुन्।

राजधानीमा आइतबार नवराज वरालद्वारा लिखित 'नाम' उपन्यासको विमोचन गर्दै दाहालले राजनीति गर्दा नेतृत्व आफैले गर्नुपर्ला भन्ने कहिल्यै नसोचेको बताउँदै अहिले दुई पार्टीको एकतासम्म आइपुगेको बताए। ‘आफै नमरी स्वर्ग देखिँदैन भन्ने ठाउँमा पुगियो’, दाहालले भने, ‘जनयुद्ध हुँदै यहाँसम्म आइपुगियो।’

पृथ्वी नारायण शाहपछि जनयुद्ध ठूलो लडाइ भएको उल्लेख गर्दै उनले त्यसलाई शान्तिमा रुपान्तरण गर्ने, संविधान बनाउने, कार्यान्वयन गर्ने र अहिले पार्टी एकता गर्दै नयाँ ठाउँमा आइपुगिएको उनले बताए। देशको लागि सामान्य मान्छेले भन्दा फरक गर्ने महत्वकांक्षाले आफुलाई यहाँसम्म ल्याइपुर्‍याएको उनले प्रष्ट्याए।

‘अहिले उमेरको उत्तरार्धमा आइपुगेको छु। तर अझै केही गर्ने महत्वकांक्षा छ’, उनले भने, ‘१० वर्ष भित्र अर्को इतिहास कायम राख्ने इच्छा छ।’ काममा कहिले काँही अस्थीरता देखिए पनि महत्वकांक्षमा स्थीरता रहेको उनको भनाई छ। आफ्नो अस्थीरता र गतिशिलताको मूल्याङकन गर्ने जिम्म इतिहास र जनताको भएको उनले बताए।

स्कुल पढ्ने समयमा आफ्नो पाइलट र इन्जीनियर बन्ने इच्छा भए पनि एसएलसी पछि पाइलट बन्ने इच्छाका साथ विज्ञान पढेको समेत उनले खुलाए। ‘आइएस्सी पछि फेरी उदेश्य फेरियो, आर्मी बन्ने इच्छा आयो’, उनले भने, ‘त्यसको तयारीको लागि तामिम पनि गरियो तर राजनीतिमा मन गयो कृषी पढियो।’ स्कुल जीवन देखिनै आफुलाई समयले विल्कुल फरक ठाउँमा लगेको उनको भनाई छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad