coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतीय च्याउको आयात रोक्न माग

भक्तपुर– च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नुपर्ने भन्दै अन्दोलनमा उत्रिएको छ।

रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहित गरेकाले संर्घषमा उत्रनु परेको बताए।

उनले नेपाली च्याउ उत्पादनलाई प्रविधियुक्त बनाउन नसकेको र व्यवसायिक रुपमा ४०  भन्दा बढी जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै ५० हजार नेपालीलाई सरकारले बेरोजगारतर्फ धकेल्न थालेको आरोप लगाए। यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसान बारीमा नभएर रोजगारीका लागि खाडीमा जानुपर्ने बाध्यता आउने उनको चेतावनी छ। 

सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग पत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रर्वदनको भूमिका खेल्दै बजार ब्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए।

संघर्ष समितिका सदस्य सचिब शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट बैद्य अवैद्य रुपमा भित्रने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभाबित बनेको बताए।

उनले नेपाली बजारमा झन्डै २० हजार मेट्रिक टन उत्पादन हुने च्याउको बजारलाई कसरी व्यवस्थित गर्ने यस तर्फ सकरकाले ध्यान दिन नसकेको गुनासो गरे। सरकारले कृषि क्षेत्रलाई प्रोत्सानमूलक विभिन्न कार्यक्रमहरु ल्याएता पनि त्यो व्यबहारमा लागू हुन नसकेको च्याउ उत्पादक किसानहरुको पीडाले प्रष्टाएको उनले बताए।

प्रकाशित: ३ भाद्र २०७५ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App