coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

युथ बक्सिङ खेल्न कुसुम हंगेरी प्रस्थान गर्दै

बिदाईका क्रममा कुसुम तामाङ ।

काठमाडौं – हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि २ सदस्यीय नेपाली टोली आइतबार साँझ हंगेरी प्रस्थान गर्दै छ। 

एक खेलाडी र एक व्यवस्थापक लाई राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभागीय प्रमुख कुलबहादुर थापा, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत संघका पदाधिकारीले बिदाई गरे। नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन। उनको तौलसमूहमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहने जनाएको छ ।

नेपाल बक्सिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कुसुमले हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने बताएको हो ।

चार महिना अघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा भियतनाकी खेलाडी डो होन जोकसग कुसुम पराजित भएकी थिइन्। तर डो होन जोकले स्वर्ण जितेका करण कुसुमले र्याङकङिको आधारमा च्याम्पियनसिप खेल्ने मौका पाएको संघका सदस्य श्याम अवालेले बताए।

कुसुम राखेप च्याम्पियनसिपको च्याम्पियन पनि हुन्। कुसुमले निरन्तर प्रशिक्षण भएका कारण नेपालका लागि पदक जित्ने लक्ष्य रहेको बताइन। 

खेलाडीलाई बिदाई गर्दै संघका अध्यक्ष राम अवालेले पदक आफ्नो ठाउँमा रहेको र सकेसम्म राम्रो खेल्न शुभकामना दिए। उनले एसियाडका लागि नेपाली बक्सिङ टोली भोली जाकर्ता पुग्ने बताए। ‘एसियाडमा बक्सिङबाट नेपालले पदकको अपेक्षा गरेको छ। नेपाली टोलीले करिब दुई महिना वैदेशिक प्रशिक्षणको मौका पाएको छ।

म थाइल्यान्ड बक्सिङ एसोसिएसनलाई विशेष धन्यवाद दिन चाहान्छु, किनभने एसोसिएसनले नेपाल बक्सिङलाई धेरै सहयोग गरेको छ।’ अध्यक्ष अवालेले भने, ‘एसियाड पछि १३ औं सागमा स्वर्णपदक र टोकियो ओलम्पिकका लागि छनोट भएर ओलम्पिक खेल्ने तयारीमा लाग्नेछौं।’

 

प्रकाशित: ३ भाद्र २०७५ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App