coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कामिनीको मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश दिएन

काठमाडौं– नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

कामिनीले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै शुक्रबार सर्वाेच्चमा रिट दायर गरेकी थिइन्। रिटमा अन्तरिम आदेशको माग गरिएको थियो। 

आइतबार न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले रिटमा सुनुवाई गर्दै कामिनीलाई पदमुक्त गर्नुको कारण सरकारसँग माग गर्यो, तर अन्तरिम आदेश भने दिएन।

टेलिकममा कामिनीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साउन २९ गतेको मन्त्रिपरिषद बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: ३ भाद्र २०७५ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App