coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मिस्टर माउन्टेनको उपाधि उमेशलाई

काठमाडौं – उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। झापाका उमेश ७५ केजी माथीको तौल समूहको च्याम्पियन हुँदै मिस्टर माउन्टेनको फाइनल चरणमा प्रवेश गरेका थिए। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार राती भएको फाइनल स्पर्धामा आफ्नो–आफ्नो तौल समूहमा च्याम्पियन भएका ४ प्रतिस्पर्धीलाई उछिन्दै उमेशले उपाधि चुमेका हुन्।

नेपलिज फेडेरेसन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा भएको प्रतियोगिताकोे फाइनलमा उमेशले ५५ केजी तौल समूहका विजेता आभाष प्याकुरेल, ६० केजीका विजेता गौरव कुमार श्रेष्ठ, ६५ केजी समूहका विजेता अशिष देवा, ७० केजी समूहका विजेता सन्दीप श्रेष्ठ र ७५ केजीका विजेता मरिचमान लामालाई पछि पार्दै मिस्टर माउनटेनको ताज पहिरिएका हुन। उमेशले उपाधिसँगै ३ लाख प्राप्त गरे।

प्रतियोगितामा देशभरका १ सय ५० खेलाडीले भाग लिएका थिए। विजेतालाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका थिए।

 

प्रकाशित: ३ भाद्र २०७५ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App