७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

धेरै नर्स सँगै गर्भवती भएपछि...

क्रिस्मसमा सँगै छुट्टि लिने योजनामा गर्भवती भएको बताउँदै नर्सहरु। व्यानर हेल्थको यो तस्बिर बीबीसीबाट लिइएको हो।

एरिजोनाको मेसा स्थित एक अस्पतालको अति सघन कक्ष (आइसीयू)मा कार्यरत नर्सहरुमध्ये १६ जना करिव एउटै समयमा गर्भवती भएका छन्। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नर्सहरु स्वयंले ठट्टा गरे, ‘आगामी क्रिस्मसमा सँगै छुट्टि लिने भनेर सल्लाह गरेरै गर्भवती भएको।’ उनीहरुले अगाडि भने, ‘यो अस्पतालको पानीमा केही गडवड छ।’ आइसीयू कक्षमा कार्यरत नर्स मध्ये गर्भवती हुनेको संख्या दश प्रतिशत हो।

गर्भवती नर्सहरु मध्येमा पहिलो बच्च आगामी सेप्टेम्बरमा जन्मिनेछ भने अन्तिम बच्चा जनवरीको अन्त्यसम्ममा। अर्को महिना सुत्केरी हुन लागेकी रोचेले शरम्यान भन्छिन्, ‘हामीले फेसबुक ग्रुप सुरु नगरुन्जेल हामीमध्ये कतिजना गर्भवती छौ भन्ने थाहा थिएन। अहिले भने एक खालको सहमति नै गरेजस्तो भएको छ।’

शरम्यानकी सहकर्मी जोलेन गारोले भने गर्भवती नभएका सहकर्मीहरुले आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद दिइन्। गर्भवती महिला संलग्न हुननसक्ने असाध्ये रोग क्षयरोग र क्यान्सरका रोगीलाई उपचार गर्न अन्य साथी खटिएकोमा उनले धन्यवाद भनिन्।

अस्पतालका अन्य सहकर्मीहरुले आगामी साता सबै गर्भवती सहकर्मीहरुको एकैचोटी ‘वेवी शावर’ (गोद भराइ) कार्यक्रम गर्दैछन्, उनीहरु १२ हप्ते प्रसुती छुट्टीमा जानुअघि।  

 

प्रकाशित: ३ भाद्र २०७५ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App