७ वैशाख २०८१ शुक्रबार
समाज

धरौटीमा छुटे सहकारीका प्रबन्धक

महोत्तरी – जिल्ला अदालत महोत्तरीले पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विमल प्रसाद आचार्यलाई धरौटीमा रिहा गरेको छ। सहकारीको ४ करोड ठगी प्रकरणमा अदालतमा हाजिर भएका आचार्यलाई जिल्ला न्यायधिश डण्डपाणी शर्माको इजलासले थुनछेक बहसपछि ७ लाख धरौटीमा छोड्न आदेश दिएको हो। आचार्य विरुद्ध जलेश्वर नगरपालिका–६ का अजय साहले जाहेरी दिएका थिए।  

आचार्य २०७६ सालदेखि २०७१ सम्म पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक भई काम गरेको र सहकारीकोे बैंकिङ्ग खाता रहेको सेन्चुरी बैंकमा उक्त संस्थाको खातामा १५ हजार मात्र मौज्दात रहेको बैंक स्टेमेन्टबाट देखिएको छ। यसरी रकम हिनामिना भएपछि उनी विरुद्ध उजुरी परेको थियो।

उनीसँगै संस्थामा प्रबन्धक व्यवस्थापक रहेका राधवेन्द्र पाण्डेय र रविन्द्रनाथ मल्लिक भने फरार छन्।

मिसिलमा आर्थिक वर्ष २०६६/०६७ सालदेखी आर्थिक वर्ष २०७४/०७५ सम्म सहकारीले महोत्तरीमा विभिन्न मितिमा संस्थाका पदाधिकारी एवम् अध्यक्ष निर्मलकुमार मैनाली समेतले जाहेर वालाहरुले जम्मा गरेको रकम नगदको आकर्षक व्याज पाइन्छ भन्ने प्रलोभन देखाई खाता खोल्न लगाई २ करोड ११ लाख ५२ हजार ७ सय ३६ रुपैयाँ ठगी गरेकोले मुलुकी ऐन ठगि महलको १ र ४ नं. वमोजिम कसुर अपराधमा सोही महलको ४ नं. वमोजिम सजाय गर्नुका साथै रकम फिर्ता गराई दिने भन्दै अभियोग पत्र दर्ता गराइएको छ ।  

यसअघि यही मुद्दामा जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेका जलेश्वर नगरपालिका–२ का रविन्द्रनाथ मल्लिक र वडा नम्बर ११ का राघवेन्द्र पाण्डेलाई हाजिरी गराई जमानीमा छोडेको थियो।

ठगी गरेको अभियोगमा सहकारीका अन्य २३ जना आरोपित अझै फरार रहेकाले उनीहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।

सहकारीको सञ्चालक समितिका  पदाधिकारीहरु कार्यालय बन्द गरि ६ महिनादेखि फरार भएपछि सो सहकारी संस्थामा आवद्ध १ हजार  ५ सय सर्वसाधारणको निक्षेप पनि जोखिममा परेको छ।

सहकारीमा निक्षेप जोखिममा परेपछि पीडित सर्वसाधारण, सदस्य तथा सेयर धनिहरुले रकम ठगेको  भन्दै जिल्ला  प्रशासन कार्यालय महोतरी, जिल्ला प्रहरी कार्यालय र  डिभिजन सहकारी कार्यालय धनुषामा सो सहकारीका सञ्चालक माथी कारवाहीको माँग गर्दै लिखित उजुरी दर्ता गराएका थिए।   

सो सहकारीका सदस्य तथा सेयर धनिहरुले बचत गरेको ४ करोेड  ८३ लाख भन्दा बढी रकम हिनामिना गरेको तथा बचत संकलन फिर्ता नगरेको आरोप लगाइएको छ। सहकारीमा २६ जना एजेन्ट भई  बचतकर्ताहरुबाट रकम संकलन गरी ४ करोड ८३ लाख जम्मा गरेका थिए।

प्रकाशित: ३ भाद्र २०७५ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App