८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फिजीमा ८.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प

काठमाडौं । फिजीमा ८.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ। आइतबार बिहान स्थानिय समय अनुसार ५ः३७ मा फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ८.२ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएकाले सुनामीको खतरा भने नरहेको भूगर्भ विभागले जनाएको छ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन। ठुलो भूकम्प गएकाले क्षति भएको हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित: ३ भाद्र २०७५ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App