coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मिसेस मकवानपुरको ताज मेलिनालाई

मकवानपुर– मिसेस मकवानपुर २०१८ का १३ प्रतिष्पर्धीलाई पछी पार्दै मेलिना राना मगरले उपाधि जतेकी छिन्। हेटौंडामा शुक्रबार राती सम्पन्न प्रतियोगिताको फाइनलमा ‘असल महिला नै असल अभिभावक हो’ यो भनाईलाई तपाई कसरी लिनुहुन्छ ? भन्ने निर्णायकको मुख्य प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि हात पारेकी हुन्।

पहिलो मिसेस मकवानपुरको उपाधिसँगै २४ बर्षिया मलिनाले नगद २५ हजार र उपहार पाइन्। भ्युअर्स च्वाईसको उपाधि र मिसेस कन्फीडेन्ट उपाधि पनि जितेकी उनले कक्षा १२ सम्मको शिक्षा लिएकी छिन्। २०५९ मा तत्कालिन माओवादीको आक्रमणबाट बाबु गुमाएकी उनी हेटौंडामा बस्छिन्। ‘महिला असल हुनु भनेको घर परिवार सबै असल हुनु हो’, उनले प्रश्नको उत्तर दिदै भनिन्, ‘महिलाले नै आफ्नो बालबालिकासँग धेरै समय बिताउँछिन् र जन्मदेखि बोली फुट्ने अवस्थासम्म धेरै कुरा सिकाई सकेकी हुन्छिन्।’

प्रतियोगितामा फस्ट रनरअप घोषित हुँदै रमिला श्रेष्ठले नगद १५ हजार र उपहार पाइन्। उनले मिसेस हेल्दी हेयरको उपाधि पनि जितिन्। त्यस्तै सेकेण्ड रनरअप मनसा घिमिरेले नगद १० हजार, उपहारसँगै मिसेस पफर्मेन्सको उपाधि पनि पाइन्।

मिसेस मकवानपुरकी विजेता र फस्ट रनरअप र सेकेण्ड रनरअपलाई गतबर्ष आयोजित मिसेस तीजकी विजेता सजिता केशी, फस्ट रनरअप श्रृष्टी गोर्खाली र सेकेण्ड रनरअप भावना घलानले क्राउन लगाई दिएका थिए। गतबर्ष मिसेस तीज प्रतियोगिता आयोजना गरेको हेटौंडा लेडी जेसीजले यसबर्षदेखि मिसेस मकवानपुर प्रतियोगिता आयोजना गरेको हो।

१३ टाईटल उपाधि प्रदान गरिएको प्रतियोगितामा चन्द्रकला बास्कोटाले मिसेस ट्यालेन्ट, कविता आचार्यले मिसेस पर्सनालिटी, संगीता परियारले मिसेस स्कीन, दुर्गा ठकुरीले मिसेस क्याटवाक, उर्मिला घिमिरेले मिसेस बेस्ट स्माईल, नीता श्रेष्ठले मिसेस फ्रेन्ड्ली, लक्ष्मी नेपालले मिसेस फोटोजेनिक, सपना थापा मगरले मिसेस पङ्चुआलिटी, मञ्जु लामा बिष्टले मिसेस डिसिप्लिन र सविता थापा मगरले मिसेस बेस्ट डान्सको उपाधि जित्न सफल भए।

मकवानपुरमा बसोबास गर्ने गृहणी महिलालाई नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर गराउँदै उनीहरुमा भएको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिता गरिएको हेटौडा लेडी जेसिजकी अध्यक्ष अस्मिता श्रेष्ठले बताईन्।

कार्यक्रमका प्रमुख आतिथ्य हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, बिशेष अतिथि नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष जनकराज घिमिरे लगायतले यस्ता प्रतियोगिताले महिला अधिकार प्रबर्द्धनसँगै क्षमता विकासमा सहयोग पुग्ने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रतियोगितामा दीपकराज मिश्र, काठमाडौं जेसिजकी अध्यक्ष ईन्दु थापा, हेटौडा लेडी जेसिजकी पूर्व अध्यक्ष ग्रेस श्रेष्ठ, पुष्पा गिरी श्रेष्ठ र सुरक्षा गुरुङ्ग ले निर्णायकको भुमिका निर्वाह गरेका थिए।

प्रकाशित: २ भाद्र २०७५ १५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App