coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दाङ–काठमाडौं नेवार समाज गठन

काठमाडौं– नेवारी संस्कृति संरक्षणका लागि ‘दाङ–काठमाडौं नेवार समाज’ गठन भएको छ। दाङबाट राजधानी काठमाडौंमा आएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेवार समुदायका सदस्यले शनिबार भेषराज श्रेष्ठको नेतृत्वमा समाज गठन गरेका हुन्। समाजको ९ सदस्यीय कार्यसमिति बनेको छ। कार्यसमितिको अवधि दुई वर्षको हुनेछ। 

कार्यसमितिको उपाध्यक्षमा शिवकुमार श्रेष्ठ चयन भएका छन्। सचिवमा दीर्घनारायण श्रेष्ठ, कोषाध्यक्षमा रुद्रकुमार राजभण्डारी, सहकोषाध्यक्षमा अनुराधा जोशी र सह–सचिवमा प्रकाशचन्द्र श्रेष्ठ छन्।

सदस्यहरूमा अर्जुनकुमार राजभण्डारी, कोशेली श्रेष्ठ र निर्मला श्रेष्ठ सर्वसम्मत चयन भएको सचिव दीर्घनारायण श्रेष्ठले जानकारी दिए। 

नयाँ कार्यसमिति चयन हुनु अगाडि संस्कृति संस्कृतिविद् एवम् शताव्दी पुरुष डा. सत्यमोहन जोशीले वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २ भाद्र २०७५ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App