७ वैशाख २०८१ शुक्रबार
समाज

ललितपुरको पुल्चोकमा तीज व्यापार मेला


काठमाडौंः विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनमा ललितपुरस्थित याक प्यालेसमा शुक्रबार तीज तथा व्यापार मेला सुरु भएको छ । सहकारीले १२औ संस्करणका रुपमा तीन दिने मेला आयोजना गरेको हाे।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले महिलको कला सीप र क्षमताको प्रवद्र्धनका लागि मेलाले सकारात्मक प्रभाव पार्ने बताइन्। ‘महिला उद्यमीले आफूलाई अब्बल बनाउन सीप सिकेर मात्रै हुँदैन व्यवहारमा कार्यन्वयन गर्नुपर्छ। यसका लागि  आफूले सिकेको सीप यसरी नै मेलामा प्रवर्द्रन नगर्ने हो,’ उनले भनिन्,‘महिला उद्यमीलाई प्रवर्द्रन गर्ने परियोजनमा सहकार्य गर्न महानगर तयार छ।’

यस्तै, नेपाल उद्यामी महिला महासंघकी उपाध्यक्ष एवं नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले महिलाको कला, सीप क्षमता र उद्यमीशीलताको प्रवद्र्धनका लागि तीज व्यापार मेलाले महत्वपूर्ण टेवा पु¥याउने बताइन्।

हरितालिका तीजको धार्मिक हिसाबले छुट्टै महत्व छ। हिन्दु धर्ममा महिलाको विभिन्न रुप पाइन्छ,’ उनले भनिन्, ‘अहिले हरितालिका तीज मनाइरहँदा आफ्नो कलाको प्रवर्द्रन गर्नपाउनु शौभाग्य ठान्नुपर्छ। हाम्रो कलालाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्रन गर्न महासंघ तयार छ।’

उनका अनुसार महासंघले विभन्नि जिल्लामा महिला उद्यमीका लागि तालिम सञ्चालन गरिरहेको छ।
नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कला, सीप र उत्पादनका लागि महिला उद्यामीको महत्वपूर्ण भूमिका रहेको बताए। मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुना सामान, हाते कागजका बस्तुहरू काष्ठजन्य बस्तुहरू जैविक खाद्यपदार्थ, सजावटका सामान लगायतका एक सय स्टल छन्।

 

प्रकाशित: २ भाद्र २०७५ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App