संखुवासभा – संखुवासभा तुम्लिङटारका किसानहरू वर्षातको समयमा कटहरबाट मनग्य आम्दानी लिइरहेका छन्। शुक्रबार कटहर टिप्ने र शनिबार खाँदबारी हाटमा बिक्री गर्न लाने कार्य उनीहरूको दैनिकी जस्तै बनेको छ।
यहाँका एक किसानले एक हप्तामा करिब १० हजार रुपैयाँको कटहर बिक्री गर्ने गरेका छन्। उनीहरूले प्रत्येक हप्ता २ सय वटासम्म बजार ल्याउने कटहर प्रतिगोटा ४० देखि ८० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
सानो आकारको भए ४० र निक्कै ठुलो आकारको भए ८० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको कटहर बेच्दै आएका रामबहादुर कुमालले बताए। ‘अझ मसिनो पनि फल्छ, तिनीहरूलाई घरमै छानीराखेर राम्रो मात्र बेच्न ल्याउँछौं’, कुमालले भने।
एउटै बारीमा एकदेखि १० बोटसम्म कटहर रहेको र राम्रो फल लागेको साल एउटै बोटमा पाँच सय दानासम्म फल्ने कुमालले सुनाए। धेरै संख्यामा फल्ने खालको बोटमा सानो आकारको हुने तर, पातलो फल्ने बोटमा ठुलो आकारको कटहर फल्ने गरेको अर्का किसान रामु हलिदेले बताए।
कटहरको मुल्य र फल लागेको संख्या हेर्दा तुम्लिङटारका किसानले एक बोटबाट मात्र २५ हजारदेखि ४० हजार रुपैयाँसम्म आर्जन गरेको देखिन्छ। धेरै बोट भएका किसानले सोही अनुसार राम्रो आम्दानी लिइरहेका छन्। तुम्लिङटार जस्तै चेवाँवेशीबाट पनि खाँदबारी बजारमा कटहर बेच्न ल्याउँछन्। तर, चेवाँबेशीबाट खाँदबारी आइपुग्न ढुवानीमा खर्च भई महँगो हुने भएकोले तुलनात्मक हिसाबले कम ल्याउने गरेका छन्।
संखुवासभाको तल्लो भागमा कटहर राम्रो फल्ने गरेको छ। कटहरे, सातटारे, हेलुवाबेँशी, मालिमटार, चन्दनपुर लगायतका क्षेत्रमा कटहर राम्रो उत्पादन हुने गरेको छ। त्यस क्षेत्रमा कटहरको राम्रो उत्पादन भएपनि बजार पायक नपर्ने भएकोले खेर गइरहेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत