coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

सिन्धुपाल्चोक– अन्तर्राष्ट्रिय पदक बिजेता तेक्वान्दो खेलाडी प्रेम भण्डारी गृह जिल्लामा सम्मानित भएका छन्। हिराहरी तेक्वान्दो डोजाङले तेक्वान्दोका बरिष्ठ प्रशिक्षकसमेत रहेका भण्डारीलाई चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरमा शनिबार एक कार्यक्रम गरी सम्मानित गरेको हो। 

दुई दशकदेखि तेक्वान्दो खेलाडी र प्रक्षिकका रुपमा सक्रिय रहँदै आएका भण्डारीले गत महिना दुई अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। दक्षिण कोरियामा सम्पन्न १२ औँ तेक्वान्डो कल्चर र विश्व तेक्वादो हान्मादाङ प्रतियोगितामा उनले ग्योरिगीतर्फ ८० केजी तौलमा स्वर्ण र पुम्सेतर्फ रजत पदक जितेका थिए।  

चौतारा साँगाचोकगढी नगरपालिका–७ का वडाध्यक्ष उमाप्रसाद दुलाल र डोजाङका प्रशिक्षक रमेश गुरुङले लगायतले संयुक्त रुपमा भण्डारीलाई सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरे। २०४७ देखि तेक्वान्दो सिकेर २०५२ देखि खेलाडी र प्रशिक्षकका रुपमा सक्रिय रहँदै आएका उनी सिन्धुपाल्चोकमा तेक्वान्दो खेलका अभियन्ता मानिन्छन्। 

निरन्तर २३ वर्षदेखि उनले जिल्लाका विभिन्न ठाउँमा स्वयम्सेवी प्रशिक्षक बनेर तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएका छन्। सम्मानअघि हिराहरी डोजाङले प्रशिक्षार्थी खेलाडीको ग्रेडिङ परीक्षा लिएको थियो। विभिन्न ग्रेडिङका लागि ३० प्रशिक्षार्थी खेलाडीले प्रदर्शनी तथा प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: २ भाद्र २०७५ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App