coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली नदीमा सुरक्षाकर्मी सवार र्‍याफ्ट पल्टियो, १ बेपत्ता

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्‍याफ्ट  कर्णाली नदीमा पल्टिएको छ।

शनिबार दिउँसो निकुञ्ज क्षेत्र गस्ती गर्न र सेनाको पोष्टमा टोली खटनपटनका लागि हिँडेको र्‍याफ्ट कर्णाली नदीको भंगालोमा पल्टिएको हो। दुईवटा र्‍याफ्टमा १२ जना सुरक्षाकर्मी सवार थिए। 

कर्णाली नदी तटिय क्षेत्रमा गस्ती गर्ने क्रममा एउटा र्‍याफ्ट पल्टिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए। उनका अनुसार र्‍याफ्टमा सवार १ जना निकुञ्जका कर्मचारी सम्पर्कमा नआएकाले खोजी कार्य तिब्र पारिएको छ।

खोजी कार्यका लागी सशस्त्र प्रहरी बलको बाँके शम्सेगन्जबाट प्रहरीको टोली झिकाइएको छ भने नेपाली सेनाको उद्धार टोली र नेपाल प्रहरीले टोली पनी खोजी कार्यका लागि परिचालित गरिएको छ। र्‍याफ्टमा सवार अन्य सबैको सकुसल उद्धार गरिएको  निकुञ्जले जनाएको छ। 

 

प्रकाशित: २ भाद्र २०७५ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App