coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले घर बगाउँदा श्रीमतीको मृत्यु श्रीमान घाइते

बाजुरा- घर माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ कुडीका नन्दे परिकी ४५ वर्षकी श्रीमती कला परि रहेकी छन्।

पहिरोमा च्यापीएर नन्दे परि गम्भीर घाईते भएका छन्। शुक्रबार रातीको बर्षासँगै घर माथीबाट पहिरो आएको हो। पहिरोका कारण घर भित्रको सबै सामान पुरै क्षति भएको छ । गोठमा बाँधीएका गाई गोरु मरेका छन्।

पहिरोले सोही गाउँ बस्ने सुरेन्द्र साउदको घर पूर्ण रुपमा क्षति पुगेको छ। साउदको घर भत्किएपछि सँगै जोडिएकका अरु पाँच परिवार विस्थापित बनेका छन्। सबै परिवार घर छोडेर गईसकेको प्रहरीले बताएको छ।

विहान ५ बजेतिर पहिरो गएको उद्दारमा संलग्न दशरथ माविका शिक्षक शिवनाथ योगीले बताएका छन्। नाथका अनुसार पहिरोले घर पूर्ण रुपमा क्षती हुनुका साथै एक हल गोरु, दुई वटा गाई र दुईवटा गाईका बाच्छी मरेका छन्।

राती नै गएको पहिरोका कारण बुढीगंगा नगरपालिका २ मुस्तोलाका चन्द्र रावतको गोठ भत्कीदा एक जना सामान्य घाइते भएका छन्। उक्त १२ परिवार विस्थापित बनेको स्थानीयले बताएका छन्।

मुस्तोलामा मात्र थप दुई २ गाई १० बाख्रा १ गोरु र १ कुकुर मरेको बताईएको छ। पानी परिरहेको र बाटो ठाउँ ठाउँमा भत्किएका कारण प्रहरीको टोली घटनास्थल पुग्नमा ढिलाई भएको छ। यस्तै बडिमालिका नगरपालिका ४ रिलामान पनि पहिरो गएपछि स्थानीय २० बढी परिवार पहिरोको जोखिममा परेको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।

यस्तै खप्तड छेडेदह गाउँपालिका ६ का पनि जोगी नाथ, विर्केसे नाथ सहीत चार परिवार पहिरोका कारण विस्थापित बनेका छन्। बुढीनन्दा नगरपालिका–१ पीपल डालीका १४ घर परिवार पहिरो बग्न थालेपछि खुला चौरमा बस्न सुरु गरेको प्रहरीले बताएको छ।

प्रकाशित: २ भाद्र २०७५ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App