८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इमरानले लिए प्रधानमन्त्रीको सपथ

इस्लामावाद– पकिस्तानको प्रधानमन्त्रीमा पूर्वक्रिकेटर इमरान खानले सपथ ग्रहण गरेका छन्।

गत जुलाईमा सम्पन्न निवार्चनमा उनको पार्टी पिटिआईले अधिक मतका साथ विजय हासिल गरेपछि उनी प्रधानमन्त्री हुने निश्चित भएको थियो। केहि साना दलको सहयोगमा उनी प्रधानमन्त्री बनेका हुन्।

दुई दशक अघिदेखि राजनीति थालेका इमरानले प्रधानमन्त्री गत शुक्रवार संसदमा १७६ सदस्यको मत पाएका थिए भने विपक्षी पाकिस्तान मुश्लिम लिग–नवाजका उम्मेद्वार शाहवाज सरिफले ९६मत मात्र पाएका थिए।

संसदलाई संबोधन गर्दै खानले भ्रष्ट राजनीतिज्ञलाई तह लगाउँदै युवाहरुका लागि थप अवसर सृजना गर्ने प्रतिवद्दता जनाएका थिए।   

प्रकाशित: २ भाद्र २०७५ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App