श्रीमतीको हत्या आरोपमा पक्राउ

शनिबार, ०२ भदौ २०७५, ११ : ५८ नागरिक

लहान – श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ। आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो।

गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात् खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए।

यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरी नायव उपरिक्षक रिमालका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ निवासी २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहाकै विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादव रहेका छन्।

सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad