८ वैशाख २०८१ शनिबार
समाज

५ वटा लघुजलविद्युत आयोजना मर्मत

खोटाङ – खोटाङको केपीलासगढी गाउँपालिकाले ५ वटा लघुजलविद्युत आयोजना मर्मत गरेर सञ्चालनमा ल्याइएको छ।

स्थानीय सरकार कार्यान्वयनमा आएपछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कतिपय अवरुद्ध लघुजलविद्युत आयोजना मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो।

विभिन्न कारणले बिग्रीएपछि मर्मत नहुँदा अवरुद्ध बनेको तथा मर्मत गर्नुपर्ने अवस्थामा पुगेका सुंदेलस्थित चेर्खेखोला लघुजलविद्युत आयोजना, दिप्सुङस्थित सङ खोला लघुजलविद्युत आयोजना, सप्तेश्वरस्थित ताप खोला लघुजलविद्युत आयोजना र खार्ताम्छास्थित खार्ताम्छा लघुजलविद्युत लगायतका आयोजना पुनःमर्मत गरिएको हो।

पालिकामा विद्युत नियमित गर्नका लागि सङ खोला लघुजलविद्युत आयोजनाको ट्रान्समिटर, लाईन नै फेरिएको केपीलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। यस्तै, खार्ताम्छा लघुजलविद्युत आयोजनाको नहर, रिजभ्र्वएर लगायत मर्मत गरिएको छ। फेदीमा सञ्चालित तीन वटा लघुजलविद्युत आयोजनालाई पोल खरिदका लागि १७–१७ लाख खर्च गरिएको गाउँपालिकाले जनाएको छ। 

 

प्रकाशित: २ भाद्र २०७५ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App