८ वैशाख २०८१ शनिबार
समाज

अनुसन्धान गर्न सिआइबी टोली जुम्लामा

जुम्ला – नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य तजा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीया राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली जुम्लामा पुगेको छ।

परिषद सदस्य बुढ्थापाको साउन १४ गते चन्दननाथ नगरपालिका ५ को जुगाडखोला नजिकैको खोलामा रहस्यमय ढंगले शव फेला परेको थियो। मृतक बुढ्थापाको टाउको, माथिल्लो र तल्लो शरीरमा धारीलो हतियारको खद देखिएको थियो।  घरबाट सदरमुकाम खलंगामा रहेको होटल सनलाईटमा खाजा खान निस्केका बुढ्थापाको शव होटल नजिकैको खोलामा मृत अवस्थामा भेटिएको थिए। 

प्रहरीले होटल सञ्चालक खड्कजीत रोकाया र जुम्लाबजार बिजयनगर निवासी एंगल लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बुढ्थापाका आफन्त नरेन्द्रनाथ योगीले दिनदहाडै हत्या र कुटपिटका घटना हुँदापनि  सुरक्षा दिन नसक्नु विडम्बना भएको प्रतिक्रिया दिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी सिताराम रिजाल, बुढ्थापा घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँछन। उनले भने, ‘यहिबाट पनि अनुसन्धान थालेका छाैं, थप अनुसन्धानका लागी सिआइबीको टोली पनि काठमाडाैंबाट आएको छ, दोषी पत्ता लगाउनकै लागि अनुसन्धान कार्य घनीभूत रुपमा अघि बढेको छ।’ 

प्रहरी निरीक्षक बरुण सिंहको नेतृत्वमा दुई जनाको सिआइबी टोली जुम्ला पुगेको हो। बुढ्थापा घटनाले जुम्लामा असुरक्षाको अनुभूति दिलाएको छ। मृतकका बुवा रामकृष्ण बुढ्थापा छोराको घटना रहस्यमय भएको बताउँछन। उनले भने,‘यो घटनामा प्रहरी पनि संलग्न रहेको आशंका गरेका छोँँ,प्रहरी भित्रै पनि छानबिनको माग गरेका छाैं,।’

सिआईबी टोली यो घटनाको छानबिनका लागि अहोरात्र खटिएको छ। यसअघि जुम्लाको कर्णाली अस्पतालकोआगजनी र चन्दननाथ मूर्ति चोरीको घटनामा सिआइबीले अनुसन्धान थालेपनि अहिले सम्म कुनै प्रकारको प्रतिवेदन नआउनुले यो घटना पनि गुपचुप नै हुने होकी भन्ने चिन्ता सर्वसाधारणमा छ। 

प्रकाशित: २ भाद्र २०७५ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App