coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

म्याग्दी मगर समाजलाई धनुषवाणकाे उपाधि

काठमाडाैं - म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि हात पारेको छ। शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि चुमेको हो।

कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो। सात सदस्य टिम स्पर्धामा ६ खेलाडीले खेल्न पाउने नियम रहेको छ। प्रत्येक खेलाडीले एक डोरमा २ तीर निशानामा लागाउनु पर्नेमा म्याग्दी मगर समाजका जुलुक पुन, कमल पुर्जा, प्रवेश फगामी र हरि पुनले सत प्रतिसत नतिजा निकाल्दै १० डोरमा २० तीरलाई अचुक निशाना लगाएर समान २०/२० अंक जोडेका थिए। देब रोकाको एउटा प्रहार चुके पछि १९ अंकको योगदान दिँदा तलबहादुर गर्बुजाले दुई निशाना खेर फाल्दै १८ अंक जोडेका थिए। दोश्रो स्थानमा रहेको नेपाल छन्त्याल संघले १० निशाना चुके पछि ११० अंकमा चित्त बुझाएको थियो। त्यस्तै नेपाल जापान सम्पर्क समितिले तेश्रो स्थान कब्जागदै १०५ अंकजोड्न सफल भयो।

थासाङ स्पोर्टस् क्लबको आयोजनामा संचालन भएको प्रतियोगितामा नेपाल छ्रन्त्याल संघका राजु छन्त्यालले दोहोरो उपाधि जितेका छन्। उनले व्यक्तिगत स्पर्धाको खेलमा कुल १० अंक जोड्दै सर्वोत्कृष्ट धनुषधरको उपाधि जित्दै ३३ हजार ९ सय नगद प्राप्त गरे। टिम स्पर्धामा २० अंक जोड्ने ७ खेलाडीलाई पछि पादै बिशिष्ट धनुषधरको उपाधि जित्न सफल भए। बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथि थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन, आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचन लगायतले पुरस्कृत गरेका थिए। 

प्रकाशित: २ भाद्र २०७५ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App