coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा र संघीय लोकतान्त्रिक गठवन्धनसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलको क्रममा मधेसी मोर्चाका नेताले संविधान संसोधनको विषय उठाएका थिए।

'संविधान संशोधनको विषयलाई छिटो टुंग्याउन भन्यौं', सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले भने, 'त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।'

मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दाहरु फिर्ता गर्ने विषयमा पनि छलफल भएको कर्णले बताए।  प्रधानमन्त्री दहालले भारत भ्रमण जानु अघि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताउँदै आएका थिए।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल तीनबुँदे सम्झौता कार्यान्वयन प्रक्रियामा नलगी भारत भ्रमणमा जान थालेपछि मधेसवादी दल आक्रोशित भएका थिए। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभएपछि मधेसवादी दलको आक्रोश चुलिँदै गएको थियो।

भारत भ्रमण सुरु गर्नुअघि नै तीनबुँदे सहमति कार्यान्वयन प्रक्रिया सुरु हुने आशामा रहेका मोर्चासम्बद्ध मधेसवादी दल प्रधानमन्त्रीले यसतर्फ चासो नदिएको भन्दै असन्तुष्टि पोख्न थालेका थिए।

 

प्रकाशित: २९ भाद्र २०७३ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App