पुस्तक

भयवादका सीमा र सम्भावनाहरू

शनिबार, ०२ भदौ २०७५, ०८ : ३८ रमेश केसी

जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्छ भन्ने घोषणाका साथ साहित्यकार देश सुब्बाले ‘भयवाद’ शीर्षकको ग्रन्थ प्रकाशित गरेका छन्। यो सुब्बाको दार्शनिक विमर्श हो, जहाँ उनले भयद्वारा जीवन र जगत सञ्चालन भइरहेको तर्क र प्रमाण पेश गर्छन्। भय प्राचीन कालदेखि मानव चिन्तनको प्रमुख विषय भएको निविर्वाद छ। तर, यसलाई व्यवस्थित रूपमा दार्शनिकीकरण गरेर वादकै रूपमा स्थापित गराउने श्रेय सुब्बालाई जान्छ।

ईश्वरवादी अस्तित्ववादी चिन्तक सोरेन किर्केगाडले भय र चिन्ताका विषयमा गम्भीर चिन्तन गरेका छन्, जसको आधारमा आधुनिक अस्तित्ववादको जग बन्यो । किर्केगाड भय र चिन्ताकाबीच पनि मानिस अस्तित्वको खोजी गर्ने बताउँछन् । ‘फियर एण्ड ट्रेम्बलिङ’ उनको महत्वपूर्ण कृति हो। आधुनिक अस्तित्ववादीहरूले विशेष गरेर दोस्रो विश्व युद्धपछिको युरोपको नरसंहार र ध्वंसको जगमा नयाँ साहित्यक दार्शनिक विमर्श तयार गरे। त्यसै गरी भयवादका आविष्कारक देश सुब्बा भयको विभिन्न कालखण्ड विभाजन गर्दै मानव जाती कसरी उत्पतिकालदेखि भयग्रस्त थियो र त्यो भयले मानिसलाई कसरी संचालन ग-यो भन्ने ऐतिहासिक विवरण पेश गर्छन्। कृषि युगको भय, औद्योगिक युगको भय, आधुनिक र उत्तर आधुनिक युगको भयको विवेचना गर्छन्। प्राचीनकाल खण्डमा मानिस आफू सुरक्षित रहन धारिलो हतियार राखेर सुरक्षित महसुस गथ्र्याे भने अहिले आणविक हतियार राखेर सुरक्षित महसुस गर्छ। तर, भयको मनोवैज्ञानिकीकरण गरेर मात्र पुग्दैन । यो जैविक र आनुवंशीक रूपमा जीवनमा रहेको स्वभाव हो। मानिस मात्र होइन, अन्य प्राणी पनि जैविक रूपमा भयग्रस्त छन्। यो स्वभाविक पनि हो।

भय भएन भने संसार सामान्य रूपमा संचालन हुन सक्दैन । मानिसमा चेतना भएको हुनाले उसले धेरै मनोवैज्ञानिक रूपमा भयको महसुस गर्छ । दार्शनिक यु जी कृष्णमूर्तिले भनेका छन्, ‘हामी प्रेमले होइन भयले गर्दा एक अर्काका नजिक छौं।’

भयले मानिसलाई सामूहिक हुन र निडर भएर बाँच्नका लागि अनेकाैं उपाय खोजी गर्न सघाएको छ । प्रहरी, प्रशासन, अदालत, नियम कानुनदेखि संयुक्त राष्ट्रसंघसम्म सबै निकायको जगमा भय नै छ। तर, मानव अस्तित्वलाई चुनौती दिने संकट पनि छन्। यो संकेत केही मानव निर्मित छ भने केही जैविक छ। शरीरमा भएको संरचनाले नै मानव व्यवहार निर्धारण गर्छ। त्यस्तैमा भय एउटा हो । यदि जीनमा परिवर्तन गरेर हामीले भयलाई हटाइदियौं भने त्यो मानिस खतरनाक बन्छ। किनभने मस्तिष्कमा भय उत्पादन गर्ने जैविक रसायनहरू भएनन् भने भय पनि रहन्न । तर, मानिस भयग्रस्त रहनुको मनोवैज्ञानिक कारणलाई न्युन गर्न सकिन्छ।

योग, आध्यात्मिक सत्यहरू मनोवैज्ञानिक थेरापी र मानसिक चिकित्सा सबै भयलाई न्युनीकरण गर्ने विधि हुन् । प्राचीनकालदेखि मानिसले आफूलाई भयसँग अभ्यस्त राख्दै आएको छ किनभने मानिस बनेको त्यसैगरी छ। यहि सार्वभौम भयलाई सुब्बाले आफ्नो दर्शन बनाएका छन् । तर, उनीसँग भने भयवाद कसरी पूर्ण मुक्त हुने भन्ने उपाय छैन। भयलाई हिन्दू धर्मले सबै प्राणीमा हुने एक आधारभूत स्वाभावका रूपमा लिएको छ । हिन्दू धर्मभन्दा कि भय, निद्रा, आहार र मैथुन मानिसमा अन्तनिर्हित सार्वभौम स्वभाव हो, जुन हामी जेनेटिक रूपमा नै लिएर आउँछौ। यसर्थ यस स्वभावलाई दार्शनिकीकरण गरेर वाद तयार गर्नु एउटा कुरा हो। तर, यहीसँगै अभ्यस्त भएर बाँचेको जीव जगतको सत्य अर्को कुरा हो।

पुस्तकमा भयवादको प्रभावका लागि प्रशस्त तर्कहरू पुष्टि गर्न खोजिएको छ भने ज्ञान मिमाँसा पनि तयार गर्न खोजिएको छ । आज आएर दार्शनिक भन्दैछन् कि मानिसलाई मनोवैज्ञानिक र सांस्कृतिक रूपमा परिवर्तन गर्न सकिँदैन । यदि परिवर्तन गर्नुछ भने जैविकरूपमा परिवर्तन गर्नुपर्छ । त्यो अहिले जेनेटिक इन्जिनियरिङमार्फत् सम्भव छ । यसर्थ भयवादको सीमा के हो भने यसको विमर्श सिर्जना गरेर मात्र भयवादले मानिसलाई मुक्त गर्न सक्दैैन, किनकी यो जैविक कुरा हटाउन मानिसलाई जैविक रूपमै परिवर्तन गर्नुपर्छ । यसको सम्भावना के छ भने यो सार्वभौम कुरा भएकाले भयवादमा आधारित भएर साहित्य दार्शनिक विमर्श र सिर्जनाहरू गर्न सकिन्छ । जुन देश सुब्बाले गरेका छन्।

भयमुक्त हुनु र भयवादको चर्चा गर्नु बेग्लाबेग्लै कुरा हो । भयवादको आविष्कारले संसारलाई भयमुक्त बनाउने होइन। यो त बौद्धिक अभ्यास हो, जसले जीवन र जगतलाई नयाँ आयामबाट बुझ्न मद्दत पु¥याउँछ । यस मानेमा लेखक सफल छन् । विभिन्न दार्शनिक, आध्यात्मिक र साहित्यिक सन्दर्भ सूचीहरूमार्फत् भयवादको सत्यतालाई उनले ३७० पेजको पुस्तकमा प्रमाणित गरेका छन्।

पुस्तक : भयवाद
लेखक : देश सुब्बा
प्रकाशक : किताबघर प्रकाशन
पहिलो संस्करण : २०७१
मूल्य : ३९९ ने.रु.








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad