१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इन्टरविरुद्ध रियालको उजुरी

मड्रिड - स्पेनिस क्लब रियाल मड्रिडले अस्वीकार गर्दागर्दै पनि इटालियन क्लब इन्टर मिलानमाथि क्रोएसियाका कप्तान लुका मोडरिचलाई भित्र्याउने प्रयास गरेको भन्दै फिफासमक्ष उजुरी गरेको छ। रूस विश्वकपमा पहिलो पटक फाइनल यात्रा तय गराएका ३२ वर्षीय मोडरिच प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनलाई इन्टर मिलानले अनुबन्धित गर्न प्रयास गरिरहेको छ।

रियालका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले अघिल्लो महिना क्लबले तोकेको ७ करोड ५० लाख युरोमा सहमत भए मोडरिचको विषयमा सोच्न सकिने बताएका थिए। स्पेनिस क्लब रियाल मड्रिडले यसअघि आफ्ना स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्समा ९ करोड ९२ लाख पाउन्डमा बेचेको थियो। इटालियन लिग सिरी ‘ए’ को खेलाडी सरुवा बजार शुक्रबार बन्द भएको छ। मोडरिच २०१२ मा इङ्लिस क्लब टोटेनह्यामबाट रियालमा अनुबन्धित भएका थिए। उनी आबद्ध भएसँगै रियालले ला लिगाको उपाधि एक पटक जितेको छ भने चार पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। इन्टर मिलान २०११÷१२ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको छ। 

 

प्रकाशित: २ भाद्र २०७५ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App