८ वैशाख २०८१ शनिबार
खेल

क्लोपमा धैर्यता छैन : रामोस

मड्रिड - रियाल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसले मंगलबार लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले कुनै पनि प्रतियोगिताको फाइनल खेलमा सफलता हात पार्न नसकेको भन्दै उनको चर्को आलोचना गरेका छन्। रामोसको पछिल्लो अभिव्यक्तिसँगै यी दुईबीच लामो समयदेखि जारी वाक्युद्ध थप लम्बिएको छ।

जर्मन प्रशिक्षक क्लोपले हालैको एक अन्तर्वार्तामा रामोसले मोहम्मद सालाह र गोलकिपर लोरिस कार्युसमाथि नियतवश फाउल गरेका कारण मेमा रियाललाई च्याम्पियन्स लिग फाइनलमा ३–१ को नतिजा सुम्पन बाध्य भएको बताएका थिए।

रामोससँग जुध्दा काँधमा लागेको चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका सालाहको रूस विश्वकप सहभागिता नै अन्योलमा परेको थियो । त्यस्तै क्लोपले कार्युसमाथि पनि रामोसले दुई पटक नियतवश खराब फाउल गरेको  आरोप लगाएका  थिए।

कार्युसले खेलमा दुई पटक गम्भीर गल्ती गर्दा रियालले ३–१ को सहज जितका साथ लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।‘क्लोपले फाइनल खेल गुमाएको त्यो नै एक पटक मात्र थिएन। त्यसैले उनी अरूको अलोचनामा उत्रनुभन्दा पनि आफ्नै जिम्मेवारीमा रमाउन आवश्यक छ,’ रामोसले भने, ‘शीर्ष प्रतियोगितामा सफलता हात पार्न धैर्यता आवश्यक छ जुन क्लोपमा छैन।

क्लोपले रामोसलाई मानवता नभएको खेलाडीको संज्ञा दिएका थिए । क्लोपले प्रशिक्षण कालमा विभिन्न क्लबलाई सातवटा प्रतियोगिताको फाइनलसम्म डोे¥याए पनि उनी ६ पटक उपाधि जित्न असफल भएका थिए।

स्पेनले २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि जिताउँदा टोलीका महत्वपूर्ण सदस्य रहेका रामोसले रियालबाट ४ पटक च्याम्पियन्स कप र ४ पटक स्पेनिस ला लिगाको उपाधि जितिसकेका छन्।

 

प्रकाशित: २ भाद्र २०७५ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App