सिक्टा सिँचाइमा अनियमितता

निर्माण सामग्री अन्तै ओसार्दा नहर कमजोर

शनिबार, ०२ भदौ २०७५, ०७ : ०२ रुद्र खड्का/अर्जुन ओली

ठोरीखोला (बाँके) - सिक्टाको मूल नहर बनाउँदा ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले माटोलगायतका निर्माण सामग्री अन्यत्र लगेको खुलासा भएको छ। मूल नहर खन्दा निस्किएको माटो, ढुंगा, गिट्टीजस्ता निर्माण सामग्री अवैध ढंगले अन्यत्र लगेका कारण सिक्टाको नहर कमसल बन्न बल पुगेको स्थानीयको भनाइ छ।

कालिकाले मूल नहर खन्दा निस्किएको माटोलगायतका निर्माण सामग्री आसपासमै रहन दिएको भए नहरको संरचना बलियो बन्न सक्ने स्थानीय बताउँछन्। ‘मूल नहर खन्दा निस्किएको माटोढुंगा नहरको दुवैतिरको किनारमा राखेर बलियो बनाउनुपथ्र्यो,’ बालापुरका प्रशान्त ओलीले भने, ‘त्यति बेला कालिकाले कमाउने लोभले नहरबाट निस्किएको माटोसमेत रहन दिएन जसले गर्दा नहरको दुवैतिरको किनारा पातलो भयो र पानी थेग्न सकेन।’ उनले मूल नहर खन्दा निस्किएको माटो त्यति बेला कोहलपुर–राँझामा बन्दै गरेको सडकमा प्रयोग गरेको बताए।

स्थानीयका अनुसार कालिकाले कुनै ठाउँको मूल नहर यति कमजोर बनाएको छ कि वर्षामा परेको पानी जम्दासमेत भत्कने गरेको छ। दोस्रो चरण (१७–३५ किमि) को मूल नहरको काम गर्दैगर्दा कालिकाले करिब ९५ करोड रुपैयाँमा कोहलपुर–राँझा सडकको पनि ठेक्का लिएको थियो। जुन सडक कालिकाले तोकिएको अवधिभन्दा करिब आाठ महिना छिटो सम्पन्न गरेको थियो। सिक्टाको मूल नहर खन्दा निस्किएको माटो र चुरे क्षेत्रको नदीजन्य पदार्थ मनपरी ढंगले प्रयोग गर्न पाएका कारण कालिकाले उक्त सडक तोकिएको अवधिभन्दा छिटो सकेको स्थानीयले बताएका छन्।

तीन चरणमा निर्माण गरिएको सिक्टाको मूल नहरमध्ये दोस्रो चरणमा निर्माण गरिएको खण्ड सबभन्दा बढी क्षतविक्षत छ। १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको आयोजनाको मूल नहर परीक्षणका क्रममा पटकपटक भत्कने गरेको छ। राप्ती नदीको ५० क्युमेक्स पानी बगाउने गरी बनाइएको मूल नहरमा ४/५ क्युमेक्स पानी बगाउँदा नै भत्कने गर् । जसले गर्दा सिक्टाको मूल नहर निर्माणमा गुणस्तरहीन काम भएको आंशका छ।

स्थानीयका अनुसार त्यति बेला कालिकाले मूल नहरको माटोको साथै मूल नहर आसपासका खोलाबाट मनपरी ढंगले थप पदार्थसमेत निकालेर सडकमा प्रयोग गरेको थियो। बाँकेमा नदीजन्य पदार्थ पाइने क्षेत्र सिक्टाको मूल नहर आसपासका खोलामात्र हुन्। उत्तरबाट दक्षिण हुँदै बग्ने ती खोलाबाट जथाभावी नदीजन्य पदार्थ निकाल्न नपाइने नियम हुँदाहुँदै कालिकाले सिक्टाको मूल नहर बनाउने नाममा मूल नहर आसपासको चुरे क्षेत्रमा क्रसर राखेको थियो।

चुरे क्षेत्रमा क्रसर चलाएर कालिकाले सिक्टाको मूल नहरमा आवश्यक पर्नेभन्दा निकै बढी नदीजन्य पदार्थ कोहलपुर–राँझा सडकलगायतका सडकमा प्रयोग गरेको स्थानीयले बिर्सेका छैनन्। ढकेरीका खड्ग खत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकाद्वारा निर्माण गरिएको सिक्टाको कमसल मूल नहरको छानबिन गर्दैगर्दा जथाभावी नदीजन्य पदार्थ निकालेर आर्थिक अनियमितता गरेकोबारे पनि यथार्थ बुझ्न सल्लाह दिए।

‘त्यति बेला कालिकाले देशमा नियम, कानुन नभएको जस्तो गरी चुरे क्षेत्रका खोलानालाबाट मनलपरी तरिकाले नदीजन्य पदार्थ निकासी गरेको थियो,’ उनले भने, ‘अब जनताले त्यसको पनि हिसाबकिताब खोजेका छन्।’ सिक्टाको ४५ किलोमिटर लामो मूल नहरमध्ये कालिकाले ४२ किलोमिटर निर्माण गरेको थियो। जसमध्ये चुरे क्षेत्र र बाँके राष्ट्रिय निकुञ्जभित्र करिब ३५ किलोमिटर पर्छ।

सिक्टाको मूल नहर बनाउन आवश्यक पर्ने नदीजन्य पदार्थ प्रयोग गर्न पाउने सर्तमा स्थापना गरेको क्रसर पटकपटक हटाउन खोज्दा प्रशासनले सहयोग नगरेको स्थानीय बताउँछन्। ‘कालिकाको मनपरीविरुद्ध सर्वसाधारणले विरोध गर्दा प्रहरी प्रशासनले सधैं ठेकेदारको साथ दिन्थे,’ खत्रीले भने, ‘त्यति बेला उसको (कालिकाको) सेटिङ यति धेरै फैलिएको थियो कि नियामक निकाय तैं चुप मै चुप थिए।’

कालिकासँग नहरको ठेक्का सम्झौता गरेको सिक्टा सिँचाइ आयोजनाले सुरुदेखि नै नदीजन्य पदार्थको व्यवस्थापनमा बेवास्ता गर्दै आएको थियो। सिक्टामा कार्यरत एक इन्जिनियरका अनुसार मूल नहर निर्माण गर्दा कालिकाले कति नदीजन्य पदार्थ आवश्यक पथ्र्यो, सोही अनुसार चुरे क्षेत्रका खोलाबाट झिक्थ्यो। तत्कालीन जिल्ला विकास समितिको स्वीकृति लिनुपर्ने नियम रहे पनि कालिकाले कागजमा थोरै देखाएर निकै बढी नदीजन्य पदार्थ निकासी गरेको स्रोतको भनाइ छ। ‘त्यतिबेला न जनप्रतिनिधि थिए न जिविसको अनुगमन नै राम्रो थियो,’ स्रोतले भन्यो, ‘अख्तियारले गर्ने अबको अनुसन्धानमा भने यो पक्षबारे पनि बुझ्नुपर्छ।’








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad