६ वैशाख २०८१ बिहीबार
समाज

भूकम्पपछिको पुनर्निर्माण कार्य रोकियो

सिन्धुपाल्चोक– भूकम्पपछिको पुनर्निर्माणमा सघाउन सिन्धुपाल्चोक खटिएका प्राविधिकहरुले ६ बुँदे माग अघि सारेर आन्दोलन घोषणा गर्दै मंगलबारदेखि सबै काम ठप्प पारेका छन्।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा मागपत्र बुझाउँदै उनीहरुले आन्दोलन घोषणा गरेका हुन्। माग पूरा नभएसम्म काममा नफर्कने उनीहरुले बताए। पुनर्निर्माण इन्जिनियर समिति गठन गरेर आन्दोलित प्राविधिकहरुले करार नविकरण गर्न माग गरेका छन्।

वैशाख १३ गते नियूक्ती पाएका उनीहरुको करार असार मसान्तमै सकिएको थियो। करार नविकरण नहुँदा उनीहरु दुई महिनादेखि भोकभोकै काम गर्दै आएका थिए। ‘कतिन्जेल भोकभोकै काम गर्नेरु गाउँमा उधारो पत्याउनसमेत छोडियो,’ समितिका अध्यक्ष इन्जिनियर सुरेन्द्र सुब्बाले नागरिकन्युजसँग भने। बेखर्ची भएपछि अधिकांश प्राविधिक राजधानी फर्केको उनले बताए।

पुनर्निर्माणको कामलाई पारदर्शी र द्रूत बनाइनु पर्ने, गाउँमा सुरक्षाको वातावरण निर्माण गरिनु पर्ने, सेवा सुविधा थप्नु पर्ने, प्राविधिकको बिमा गरिनुपर्ने, सञ्चार सुविधा दिइनुपर्ने र शतप्रतिशत भत्ताको व्यवस्था गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन्। करार सम्झौता गर्दा मागलाई सम्बोधन गर्नुपर्ने उनीहरुको अडान छ।
भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकको पुनर्निर्माणमा सघाउन २ सय १५ प्राविधिक ९इन्जिनियर,

सवइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियर० कार्यरत छन्। उनीहरु आन्दोलनमा उत्रँदा अनुदान, सम्झौता, गुनासा संकलन जस्ता काम रोकिएका छन्। निर्माण थालिएका घर अलपत्र मात्र परका छैनन्, दोस्रो किस्ता अनुदान निकासाको प्रक्रिया नै अवरुद्ध हुन पुगेको छ।

प्रकाशित: २९ भाद्र २०७३ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App