८ वैशाख २०८१ शनिबार
समाज

जुस पिउँदा १५ विद्यार्थी विरामी, दुई पक्राउ

विराटनगर– जुस पिउँदा विराटनगरमा १५ जना विद्यार्थी विरामी भएका छन्। शुक्रबार विद्यालयमा जुस पिउँदा विराटनगर २ स्थित बुढानिलकण्ड उच्च माविका १५ जना विद्यार्थी  विरामी भएको मोरङ प्रहरीले जनाएको छ। 

नेश्ले इन्डिया प्रालिका स्थानिय बिक्रेताले मार्केटिङका क्रममा विद्यालयका विद्यार्थीलाई मिलो ब्राण्डका जुस बितरण गरेका थिए। नेश्ले कम्पनीको मिलो ब्राण्डको जुस पिएपछि विद्याथीहरू विरामी परेका थिए। जुस पिएर अकस्मात विद्यार्थी विरामी भएको खवर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले जुस वितरकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापा कन्काइ नगरपालिका २ का प्रदीप घिमिरे र विराटनगर ९ का महेन्द्रकुमार अग्रवाल रहेका छन्। उनीहरूको साथबाट को १ स ३५६ नम्बरको सिटी रिक्सा र सो सिटी रिक्सामा रहेको मिलो जुस बरामद गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगर पठाइएको मोरङ प्रहरी प्रवक्ता निशान थापाले जानकारी दिए। विरामीमध्ये ५ जनालाई विराटनगर अस्पतालमा उपचार भइरहेको र अन्य विद्यार्थी स्थानीय मेडिकल हलमा उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूबाट बरामद भएका जुसका नमूना खाद्यप्रबिधि तथा गुण नियन्त्रण कार्यालयले परिक्षणका लागि राखेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताए। पक्राउ परेका व्यक्तिलाई भने प्रहरीकै जिम्मा लगाइएको कोइरालाले जानकारी दिए। जुसको परिक्षणपछि मिसावट भएको पाइए  भदौ १ देखि लागू भएको नयाँ सहिंता अनुसार कारवाही हुने कोइरालाले बताए। 

प्रकाशित: १ भाद्र २०७५ १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App