coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रिहा भएलगत्तै फेरि पक्राउ परे विप्लवका प्रवक्ता

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। 

७ करोड बराबरको चन्दा असुलीको अभियोगमा साउन २२ गते आफ्ना सहयोगीसहित चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मालाई शुक्रबार सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। 

गैरकानूनी रुपमा थुनामा राखेको भन्दै विश्वकर्माका छोरा नरेन्द्रबहादुरले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले चन्दा ऐन २०३० अनुसार कसुर गरेको देखिने कुनै उजुरी, जाहेरी तथा प्रतिवेदन परेको प्रमाण पेश नभएको भन्दै रिहा गर्न आदेश दिएको हो। 

आदेशसँगै रिहा भएका विश्वकर्मालाई महानगरीय प्रहरी परीसर काठमाडौंले अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी प्रवक्ता डीएसपी मोहन थापाले काभ्रेको एनसेल टावरमा भएको आगजनी घटनामा संलग्न रहेकाले उनलाई पक्राउ गरेको बताए। विश्वकर्मालाई परिसरको हिरासतमा राखिएको छ।

प्रकाशित: १ भाद्र २०७५ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App