coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नारायणघाटमा बिहीबार एनसेल मेला

काठमाडौं– मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालीले बिहीबार नारायणघाटमा मेला आयोजना गर्ने भएको छ।

नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभ चिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदानप्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला आयोजना गर्न लागेको जनाएको छ।  

मनोरञ्जनात्मक कार्यक्रमसमेतको व्यवस्था रहेको उक्त मेला बिहान ११ बजे शुरु हुनेछ कम्पनीले जनाएको छ। मेलामा सांगीतिक कन्सर्ट साँझसम्म चल्ने जनाएको छ। चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतिहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहने बताइएको छ।  

कम्पनीका अनुसार मेलामा आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेलको विषेश हाइटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । 

मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोनदास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने छन्। त्यसैगरी, कार्टुन्जक्रु, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्ने छन्। प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागिविविध कार्यक्रमहरु समावेश गरिएका छन्।

कम्पनीका अनुसार मेलामा मनोरञ्जनका लागि मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी रहनेछन् । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोललगायतका गेमहरु हुनेछन्। थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन्।

बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन्। गीतसंगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, इण्डियन र चाइनिज परिकारका स्टलहरु पनि रहनेछन् ।

“नजिकिँदै गरेको चाडपर्वको अबसरमा आफ्ना ग्राहकसँग खुसियाली साट्न र शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागेका हौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, “विभिन्न रोचक कार्यक्रम तथा गतिविधीहरु समावेश गरिएको यो मेला लेदर्शकहरुलाई पूर्ण मनोरन्जन प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।”

नारायणघाट पश्चात एनसेल मेला असोज १ गते पोखरामा आयोजना हुनेछ। यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमार असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ।

प्रकाशित: २९ भाद्र २०७३ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App