थमन विक हत्याका अभियुक्त कापड जेल चलान

शुक्रबार, ०१ भदौ २०७५, १७ : ३३ नागरिक

महोत्तरी–मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई बिहिबार जिल्ला अदालत महोत्तरीले पूर्पक्षका लागि करागार पठाएको छ।

यस अघि सोहि मुद्दामा प्रदेश २ का समाजिक विकास राज्य मन्त्रि अभिराम शर्मालाई सोमबार र जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेलाई मंगलबार महोत्तरी जिल्ला अदालतले वयान र वहस पछि साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

मन्त्रि, मेयर र राजपा महासचिवलाई साधारण तारेखमा छाडिएको दुई दिनपछि महोत्तरी जिल्ला अदालतमा हाजिर गराई बयान गरि गराई पाउँ भन्ने निवेदन साथ आफ्ना कानून व्यावसायीमाफर्त कापड बिहिबार अदालतमा हाजिर भएका थिए । 

जिल्ला अदालतका मूख्य न्यायधिश ब्रजेश प्याकुरेलको इजलासमा भएको थुनछेक वहसमा वारदातमा प्रत्यक्ष संलग्नता देखिएकोले पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाउने आदेश भएको जिल्ला अदालत महोत्तरीका श्रेष्तेदार रामानन्द अधिकारीले जानकारी दिए। उनलाई जलेश्वर कारागार पठाइएकोे छ ।  

उच्च अदालत जनकपुरले साउन १५ गते असई थमन विकको हत्याको आरोपमा फरार रहेकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारि गरेपछि समाजिक विकासमन्त्रि अभिराम शर्मा, जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्र, राजपा महासचिव सुरेश पाण्डे र पवन कापड क्रमिकरुपमा अदालतमा हाजिर भएका थिए ।

असई विकको हत्यामा २८ जनालाई आरोपी बनाइएको छ । जसमध्ये २१ जना अभियुक्त प्रहरीको फरार सूचीमा छन्। 

 








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad