८ वैशाख २०८१ शनिबार
अर्थ

साउनको अन्तिम साता शेयरबजार उत्साहजनक

साउनको अन्तिम साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकको बृद्धि र कुल कारोबारका हिसावले अगिल्ला साता भन्दा उत्साहजनक रहयो।

साताको पहिलो दिन ११ सय ६३.९४ कायम भएको नेप्से कारोबारको अन्तिम दिन बिहिबारसम्ममा ४६.३८ अंकले बढेर १२ सय १०.३२ कायम भएको छ। 

कारोबार रकम पनि यो साता ५६.१ प्रतिशतले बढेर १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख २ हजार ४५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको कारोबार भएको छ । गतसाता ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

समूहगत परिसूचकमा सबैभन्दा धेरै निर्जीवन बिमाको ३१०.४३ अंकको वृद्धि देखियो भने जीवन बिमा समूहको सूचक २२३.८१ अंकले बढेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.६८ अंकले बढेर २५५.३८ अंकमा आईपुगेको छ ।

यस साता ७ करोड ८४ लाख रुपैयाँको कारोबारसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। नविल बैंकको ४ करोड ९४लाख रुपैयाँको शेयर खरिद बिक्री भए। त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंकको सबैभन्दा धेरै १ लाख ७५ हजार कित्ता शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

   

प्रकाशित: १ भाद्र २०७५ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App