काठमाडौं – पाकिस्तानी बाँया हाते ब्याट्सम्यान नासिर जम्सेदलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले म्याच फिक्सिङको आरोपमा १० वर्षको प्रतिबन्ध सुनाइएको छ।
पाकिस्तान सुपर लिग (पीएसएल) मा फिक्सिङ गरेको पाइएपछि उनलाई १० वर्ष कुनैपनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो।
२८ वर्षीय जम्सेदले पाकिस्तानका लागि ४८ एक दिवसीय र २ वटा टेस्ट खेलेका खेलेका छन्। उनलाई अघिल्लो वर्ष पीसीबीले अनुशन्धानमा असहयोग गरेको भन्दै १ वर्षको प्रतिबन्ध लगाएको थियो।
जम्सेदले अन्तिम अन्तर्राष्ट्रिय खेल २०१५ मा संयुक्त अरब इमिरेट्स (युएइ) सँग खेलेका थिए। उनी २०१६ को डिसेम्बरपछि घरेलु प्रतियोगितामा देखिएका छैनन्।
नासिरका अलवा पीसीबीले ब्याट्सम्यान शार्जिल खान र खालिद लतिफलाई ५ वर्ष, बलर मोहम्मद इर्फानलाई १ वर्ष र अलराउण्डर मोहम्मद नवाजलाई २ महिनाको प्रतिबन्ध लगाएको छ। उनीहरूले पीएसएल २०१७ मा फिक्सिङ गरेको पुष्टि भएपछि प्रतिबन्ध लगाइएको हो।
प्रकाशित: १ भाद्र २०७५ ११:१० शुक्रबार