६ वैशाख २०८१ बिहीबार
समाज

अरिङ्गालले चिलेर एकको मृत्यु

म्याग्दी-बेगखोलामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । उत्तरी म्याग्दीको बेग–६ मा अरिङ्गालले चिलेर ५५ बर्षिय कृतिमान रोकाको ज्यान गएको छ । बेगमा आएको बाढीले विस्थापित भएकाहरूको टहरा नजिकै रहेको आलो अरिङ्गालले टोकेर ज्यान गएपनि घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल तर्फ गएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए। ‘घटनास्थलमा प्रहरी पुगेको छ । अरिङ्गालले विगतमा समेत सर्वसाधारणलाई सताइरहेको थियो’ प्रनाउ खड्काले भने ।

बेगमा आएको बाढीले विस्थापित भएकाहरूलाई अस्थायी टहरा बनाउने क्रममा प्रहरी सहित उद्धारकर्मीलाई समेत टोकेको थियो । करिव १० किलोको हाराहारीमा रहेका अनुमान गरिएको छ । विगतमा यूवाहरुले समेत पटकपटक प्रयास गरेपनि टोकेपछि असफल भएका थिए । मृतकको  शरीरका विभिन्न भागमा अरिङ्गालले चिलेको छ । यसैविच घटनास्थलमै मृत्यु भएका रोकालाई पोसमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ।

 

 

 

 

 

 

प्रकाशित: २९ भाद्र २०७३ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App