coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘आफ्नो उपचार आफैँ’

तस्विर : कृष्पा श्रेष्ठ

‘जबसम्म जीवनमा उत्तरचढाव आउँदैन तबसम्म प्रगति नहुने रै’छ’ । बडी विल्डर अमितचन्द आर्यको अनुभव हो यो । जब उनी ६ महिनासम्म बेड रेष्ट गर्ने गरी थला परे उनको जीवन पूरै परिवर्तन भयो । उनी पूरै फेरिए उनको जीवनशैली सोच्ने तरिका समाजलाई हेर्ने दृष्टिकोण पूरै फेरिए । बाह्य कुरामा मात्र फेरिएनन् । उनकै भाषामा उनी इनर वर्ल्डतर्फ पनि फर्किए । जसले उनको जीवन कायापलट भयो । उनी भन्छन्, ‘यदि पेटमा ट्युमर नपलाएको भए, अस्पतालमा बसेर मृत्युलाई नजिकबाट साक्षात्कार नगरेको भए सायद आज म यो ठाउँमा हुँदिनथेँ कि ।’

भक्तपुरको एक जिम खानाबाट राम्रो जिम गरेपछि उनी जिम सिकाउन साउदी अरब जाने अवसर प्राप्त गरे । उनी साउदीमा जिम सिकाउँथेँ । न त उनको खाने टुङ्गो हुन्थ्यो न त सुत्ने । उनी काममा यतिसम्म लागिपरे कि उनले आफ्नो स्वास्थ्यको ख्यालसमेत गरेनन् । त्यसको असर उनको पेटमा प-यो । उनलाई पेटमा ट्युमर भयो । 
 उनको कम्पनीको साहुले ठूलै अस्पतालमा नलगेका पनि होइनन् तर अप्रेसनका लागि अभिभावक चाहिने भएपछि उनी उपचारका लागि दिल्ली आए । काठमाडाैंमा व्यापार गरिरहेका उनका आमा–बुबा छोराको उपचारका लागि दिल्ली गए । 

 सुसाइड नोट लेखे

‘जे खाँदा पनि असाध्यै दुख्थ्यो पेटमा अडिँदैनथ्यो पानी पनि नअडिएपछि मैले सुसाइड नोट लेखेँ र अरबको मेरो साहुलाई टेक्स्ट गरेँ तर उहाँले मलाई ढाडस दिनुभयो । जीवन यति मात्र होइन भन्नुभयो ।’ अस्पतालमा छटपटाउँदै गर्दा उनले जीवन के रहेछ भनेर नजिकैबाट नियाल्ने अवसर प्राप्त गरे । उनी भन्छन्, ‘जब मान्छेले म अन्तिम हुँदैछु अथात् जीवनको बाँच्ने नबाँच्ने टुङ्गो हुँदैन नि त्यो समयमा जीवन पूरै चिनिने रहेछ ।’ उनले डाक्टरले भनेअनुसार नै बेडरेष्ट गरे । ६ महिनासम्म उनी घरबाट बाहिर निस्किएनन् । उनी यति मोटाएकी उनलाई जुत्ता लगाउनसमेत अरूको सहायता चाहिने भयो । उनलाई औषधिले पूरै गलायो । उनको मनमा केही गर्छु त भन्ने थियो तर शरीरले साथ दिइरहेको थिएन । तर जब उनले पुनः जिम जोइन गरे, तब उनी पूरै परिवर्तन भए । 

तीन महिनामा २७ केजी घटेँ

खान र सुत्नको टुङ्गो नभएका उनले जब पेटको अप्रेसन गरे । वेडरेष्ट गर्दा उनी धेरै मोटाए । जीम जोइन गरेपछि उनी ३ महिनामा २७ केजी घटे । उनी भन्छन्, ‘जब मैले मेरो तौल घटाएँ म त सिमलको भुवाजस्तो हल्का भएँ । मेरो आँट तथा आत्मविश्वास त एक्कै चोटी बढ्यो । त्यसपछि यसैमा करियर पुनः बनाउन सक्छु भन्ने भयो ।’

आर्य पहिले साउदीमा काम गरेकोले पनि खासै समस्या परेन । उनलाई त्यही अनुभवका आधारमा ललितपुरस्थित लिम महलको फिट स्टपका सञ्चालकले उनलाई त्यहीँ सहयोग गर्न भने उनलाई ढुंगा खोज्दा देउता मिले जस्तै भयो । उनले कडा मिहिनेतका साथ त्यहीँ जिम सिकाउन थाले । उनी भन्छन् ‘सिक्न आउनेले खै गुरु सिक्स प्याक भन्न थाले अनि मैले  कडा मिहिनेत गरेँ अहिले राम्रो भएको छ ।’ उनी बडी विल्डरको राष्ट्रिय स्तरको खेलमा समेत सहभागी भइसकेका छन् । सिल्भर मेडल जितिसकेका उनी अब गोल्ड मेडल जित्ने दाउमा छन् । 

तपार्इंलाई यो स्टेजसम्म आइपुग्न के कुराले प्रेरणा दियो त ?

परिवारकर्मीको प्रश्नमा आर्य एकैछिन रोकिए अनि भने, ‘हामीले आफूलाई चिन्नुपर्ने रहेछ । माइण्डले हामीलाई चलायो भने ठिकै हुने रहेछ जब हामीले माइण्डलाई चलाउन थाल्छौं नि तब समस्या आउने रहेछ ।’ यसलाई प्रस्ट पार्दै उनी भन्छन्, ‘जस्तो हामी बिहान ५ बजे उठ्छु भन्छौं उठ्ने बेलामा ५ मिनेट फेरि ५ मिनेट भन्दै पछि सार्छांै । यो हामीले माइण्डलाई चलाएको हो । तर, हाम्रो माइण्डले त समयमै सबै काम गर भन्छ तर हामी माइण्डमाथि हावी हुन्छांै र समस्या आफैँ निम्त्याउँछाँै ।’ जीवनमा खुसी ल्याउन अध्यात्म नभई नहुने आर्यको अनुभव छ । अध्यात्मले आफूतिर फर्कने कला सिकाउने बताउँछन् । उनी भन्छन्, ‘ अध्यात्मले हामीलाई खुसी हुने कला त सिकाउँछ नै अनुशासनमा बस्न समेत सिकाउँछ ।’ उनी अहिले जिम र अध्यात्म सँगै लगेको बताउँछन् । बिहान साढे ४ बजे उठिसक्ने उनी घरमा एकछिन ध्यान गर्छन् । आफूले खाने खाना आफँै तयार पार्छन् । जिम सिकाउन लबिम महल पुग्ने उनी २ बजेदेखि ५ बजे सम्म रेष्ट गर्ने गर्छन् । त्यसपछि फेरि साढे ६ बजेसम्म पुनः सिकाउँछन् । हलुका खाना खाएर राति साढे नौ बजेसम्म सुतिसक्छन् ।

शरीर फिट कसरी गर्ने

आर्य उचाइअनुसार तौल हुनुपर्ने कुरा बताउँछन् । उनले शरीरलाई के–कति चाहिन्छ भन्ने कुरालाई यसरी टिप्स दिए ।
मानाैं तपार्इंको उचाइ फाइफ फिट थ्रि इन्च छ भने पहिले बडी मास इन्डेक्स निकालिन्छ । जसको छुट्टै सूत्र हुन्छ । यसको रेन्जको आधारमा निकालिन्छ । 

सिटेट वर्कमा डाइट धेरै चाहिन्न : 

सिटेड वर्क गर्नेलाई एक केजी वेटबराबर एक ग्राम प्रोटिन चाहिन्छ । 
 यदि शारीरिक परिश्रम गर्नुहुन्छ भने पर वेट बराबर १.८ ग्राम प्रोटिन चाहिन्छ । 
जिम जोइन ग-यो भने बढी चाहिने हुन्छ । कार्बोहाइडे«ड यो पनि बिएम आईमा भर पर्ने कुरा हो । यदि बिएमआई बढी छ भने थोरै वेट को ४ टाइम्स लिनुपर्छ । तर जो शारीरिक श्रम गर्दैन त्यसका लागि डबल हो । 
तेल पर डे .९ ग्राम हो । धेरै मोटो छ भने .६ ग्राम भए पुग्छ । तेलको पनि क्याटागोरी हुन्छ ।
सोडियमको मात्रा नर्मल मान्छेका लागि १५ सय मिलिग्रामदेखि २ हजार ६ सय मिलिग्रामसम्म चाहिने हुन्छ । सोडियम क्लोराइड बढी नै चाहिने हुन्छ ।

स्वस्थ खाने कुरा के–के ?

हामी जस्तो खान्छाँै उस्तै बन्छांै । खानाअनुसारको हाम्रो सोचाइहरु आउने गर्छ । हामीले खानालाई सन्तुलन मिलाएर खाने गर्नुपर्छ । तरकारी सलाद धेरै खानुपर्छ । तारेको कुरा कम, जंक फुड कम, मम चाउमिन नखाने, सकेसम्म आफैँ घरमा बनाएको खानेकुरा खाने । यसो गर्दा पैसा पनि जोगिने स्वस्थ पनि हुने । मासु खाएर मात्र बलियो हुने होइन । मासु खाने जनावरले पनि घासँ नै खाएको हुन्छ । दूध, दही प्रशस्त खाने । च्याउ गेडागुडी, सागपात बाट १०० मा बिलो १० ग्राम प्रोटीन हुन्छ । माछामासुबाट आउनु १०० मा बिलो २० ग्राम हुन्छ । कार्बोहाइड्रेड भेजिटेरियनमा बढी आउँछ । भेजिटेरियनलाई बढी फिजिकल वर्क मन पर्छ । 
हाइटअनुसार वेट हुनुपर्छ । तर बोसो कम हुनुपर्छ । 
बडी फ्याट प्रतिशत केटीको १४ देखि १८ र केटाको १२ देखि १४ हुन जरुरी छ । 

दिनचर्या कस्तो बनाउने ?

आफ्नो दिनचर्या कस्तो बनाउने भनेर हामीकोमा ध्यान दिएको पाइँदैन । तर यो महŒवपूर्ण कुरा हो । जस्तो कोही मान्छे एकदमै हतारहतारमा उठ्ने जे कुरा पनि हतारिएर गर्ने खाना खान त्यस्तै हतार गर्ने गर्छ जसले गर्दा खाना राम्रोसँग चपाएको पनि हुँदैन । धेरै नचपाइएको खानाले शरीरमा काम गर्दैन । त्यसका लागि हामीले टाइमटेबल बनाउनुपर्ने हुन्छ । यति समयमा म यति काम गरिसक्छु भन्ने सोचका साथ काम ग¥यौँ भने हामी स्वस्थ जीवन बिताउन सक्छाैं । 

खाना

सबैभन्दा महत्वपूर्ण कुरा खाना हो । हामीले खानामा धेरै ध्यान दिनुपर्छ । हामीले लगाउने कपडालाई ब्रान्डेड हेर्छाैं तर खानाको मामिलामा त्यसो गर्दैनौँ । कुन खाना के कसरी बनेको ध्यान दिँदैनौँ । हाम्रो शरीर कुनै डम्पिङ साइड होइन जे पायो त्यही खानलाई ।  

बिहान उठेर सादा खाने । फलफूल खाने तर धेरै चिसो हैन चिसो छ भने मन तातो पानीमा डुबाएर खाने । बिहान वोइल अण्डा खाने, दिनमा ३÷३ घण्टाको रेष्ट गरेर खाइरहने सबै कुरा मिलाएर खाने । चनाहरु उमारेको खाने जसमा अलिकति तेल मिसाएर खान सकिन्छ ।

दिउँसोको खाना  

दिउँसोको खाना हामीले हेभी लिन सकिन्छ । जसमा आफ्नो उचाइ अनुसार शरीरलाई चाहिने सबै खानेकुरा खान सकिन्छ । हामीले खाना खाँदा कार्बाेहाइडे«डको मात्रा बढी लिएका हुन्छौँ । तर सागसब्जी र सलाद बढी लिनुपर्छ । रेसादार खानेकुराले हामीलाई स्वस्थ राख्ने काम गर्छ । बेलुका दालभात रोटी जे खाए पनि धेरै खान हुँदैन । 

शारीरिक अभ्यास 

अहिले काठमाडाैंमा कुर्सीमा बसेर गर्ने काम गरिन्छ । शारीरिक श्रम कम गर्ने चलन छ जसले गर्दा बढी मोटो हुने, ढाडका समस्याहरु देखा पर्ने तथा शरीरका अङगहरु निष्क्रिय हुने गर्छ । त्यसले हामीलाई फाइदा गर्दैन । जसका लागि जिम, योगा, हिँड्ने, दौड्ने आदि गर्न सकिन्छ जसबाट शरीर स्वस्थ रहनुको साथै शरीर फिट पनि हुन्छ । 

तनाव व्यवस्थापन गर्ने  

हिजोआज धेरै मानिसहरुमा तनाव बढी नै देखिन्छ । जे कुरामा पनि तनाव लिने र डिप्रेसनको फेसमा पुग्ने हुन्छन् । यसका लागि सबैभन्दा राम्रो उपाय भनेको ध्यान हो । बेस्ट मेडिसिन हो । हामीलाई कन्ट्रोल गर्ने हाम्रो ब्रेन हो । तर हामी ठिक उल्टो गर्छाँै हामी हाम्रो ब्रेनलाई कन्ट्रोल गर्ने काम गर्छाैँ । मानौँ हामीलाई रिस उठ्यो कसैलाई हिर्काउन मन लाग्यो हाम्रो ब्रेनले हामीलाई प्रतिक्रिया नजनाउँ भन्छ तर हामी ब्रेनले भनेको नमानी प्रतिक्रया पनि जनाइहाल्छौं । तर जब हामी ध्यान गर्न थाल्छौँ तब हामी माइण्डलाई स्वतन्त्र छाड्ने हुन्छौँ । अनि खासै नराम्रो पनि गरिँदैन । 

निद्रा 

रातको समयमा सुत्नु उपयुक्त हुन्छ । निद्रा पुगेन भने छटपटी हुन्छ । निद्रा नपुग्दा डिप्रेसनमा पुग्ने सम्भावना बढी हुन्छ त्यसकारण हामी पर्याप्त मात्रामा सुत्नुपर्छ । 

आफूलाई ट्रिटमेन्ट आफैं गरौँ 

म मेरै अनुभव भन्छु । हामी मध्यम स्तरको परिवारको बिरामीलाई मोटिभेट गर्ने भन्दा पनि उल्टै गर्न सक्ने कामलाई पनि गर्न सक्दैनौँ भनेर डिमोटीभेट गर्ने गरिन्छ । यस मामिलामा मेरो परिवार नि अक्षुतो रहेन । 

मैले आफैंले आफैंलाई उत्प्रेरित गरेँ । अहिले मलाई सबैले रेस्पेक्ट गर्छन् । घरमा पनि राम्रो छ । आफूले आफूलाई चिनाैं र माया गरौँ । जीवन ज्युन सुन्दर तरिका अपनाऔँ । 

प्रकाशित: १ भाद्र २०७५ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App