coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर बृद्धिका विरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

रुपन्देही - स्थानीय सरकारले चर्को कर लगाएको विरोधमा नेपाली कांग्रेस बुटवलमा सडक संघर्षमा उत्रेको छ। बुटवल उपमहानगरले मनपरि रुपमा कर बृद्धि गरेको विरोधमा शुक्रबार कांग्रेस प्रदर्शनमा उत्रेको हो। उपमहानगरपालिकाले विना आधार घरबहाल कर, व्यसायी कर तथा हाटबजारमा व्यापार गर्नेलाई अत्यधिक कर लगाएको आरोप लगाउँदै कांग्रेसले सडकमा प्रदर्शन गरेको हो। गत वर्ष तिर्दै आएको करमा ५ सय प्रतिशतसम्म कर बृद्धि गरेको आरोप लगाउदै कांग्रेसले कर घटाउन माग गरेको छ।

बुटवलको अस्पतालाइनदेखि हाटबजार हुँदै उपमहानगरको कार्यालयसम्म सरकारले लगाएको करका विरुद्ध कांग्रेसले नाराबाजी सहित प्रदर्शन गरेको थियो। नेपाली कांग्रेस नगर समितिको आह्वानमा भएको विरोध प्रदर्शनमा कार्यकर्ताहरुले ओली नेतृत्वको सरकारले जनतालाई कर थोपरेर अन्याय गरेको भन्दै नाराबाजी गरेका थिए। नेपाली कांग्रेसका नगरसभापति खेलराज पाण्डेले बुटवल उपमहानगरले एकलौटी रुपमा जनतालाई जानकारी समेत नगराइ कर बृद्धि गरेको आरोप लगाए। सभापति पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसँग व्यापक छलफल बिना अत्यधिक कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताए। 

नेपाली कांग्रेस नगर समितिले विरोध प्रदर्शनपछि बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुवेदीले बाहिर हल्लामा आए जस्तो करबृद्धि नभएको बताए। नगरको विकास सबैको साझा विकास भएकाले सबैको सहमतीमै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। 

प्रकाशित: १ भाद्र २०७५ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App