coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विषयगत समितिका सभापतिको निर्वाचन १२ दिन पर धकेलियो

काठमाडौं – प्रतिनिधिसभा मातहतका विषयगत समितिका सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए। 

बैठकमा उनले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए। प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन्। यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले भुक्तानी तथा फछ्र्याैट विधेयक २०७५ सदनसमक्ष पेश गरे।

अर्थमन्त्री डा. खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी दिए। प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ।  (रासस)

प्रकाशित: १ भाद्र २०७५ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App