coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपाको विद्यार्थी संगठन ४९९ सदस्यीय हुने

काठमाडौ–नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी संगठनमा एकीकरणको टुंगो लागेको छ। नयाँ बन्ने संगठनमा  नेकपा एमालेसमर्थित अनेरास्वयवियुबाट २६० र नेकपा माओवादी समर्थित अनेरास्वयवियु (क्रान्तिकारी)बाट २३९ जना रहने गरी ४९९ सदस्यीय केन्द्रिय समिति बन्ने तय भएको छ।

दुवै संगठनका पदाधिकारीबीचको बैठकले एकीकरणपछि बन्ने विद्यार्थी संगठनको नाम अनेरास्वयवियू हुने तय भएको छ। संगठनको नेतृत्वका विषयमा भने अझै टुंगो लागिसकेको छैन।

गत जेठ तीन गते पार्टी एकीकरण भए पनि पार्टीको प्रदेश समिति भातृ सँगठन र विभिन्न जनवर्गीय संगठनको एकीकरण हुँन बाँकी रहँदै आएको थियो। नेकपाले भदौ ५ भित्र सबै तहका संगठनको एकीकरण गरिसक्नेगरी गत साउन १० गते विभिन्न संगठनलाई परिपत्र जारी गरेको थियो। 

प्रकाशित: १ भाद्र २०७५ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App