coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बिचौलियाका कारण ठगिदै कृषक

मुलपानीका कृषकले उत्पादन गरेको टमाटर ।   तस्बिरः नागरिक

रोल्पा – ‘हामीले ८ रुपैयाँ प्रतिकिलो टमाटर बेच्दा छेउको लिवाङ बजारमा ४० रुपैयाँ किलो बेचिदै थियो। मेहनत गर्ने हामीले मुल्य पाउँदैनौ तर बिचौलियाले ५ गुणा बढि मूल्यमा हाम्रो उत्पादन उपभोक्तालाई बेचिरहेका छन्। एकातिर हामी किसान मारमा छौ अर्को तिर उपभोक्ता उत्तिकै मारमा छन्।’ रोल्पा नगरपालिका २ मुलपानीका कृषक ज्ञानबहादुर घर्तीले भने।

‘बारीमा भएको तरकारी सकियो तर यसपाली लगानी पनि उठेन। करिब ७० क्वीन्टल बेच्दा पनि भाउ नपाएपछि घाटा हुने भयो।’ आफ्नो अलिकति र छिमेकिको अरु जग्गा भाडामा लिएर गरिएको टमाटर खेतीले मुल्य नपाएपछि यतिबेला मुलपानीका किसान चिन्तामा छन्।

बारीमा उत्पादन गरेर छेउको संकलन केन्द्रमा पुर्याइएको टमाटर दुर्गा बहादुर वलीले खरिद गरेर चन्द्रौटा, बुटवल, दाङ पठाउने गर्छन। ‘यता बजार नै छैन। गएको डेढ महिनामा करिब ३ सय क्वीन्टल टमाटर बाहिर पठाए। तर उतातिर नै मुल्य छैन भन्छन। मैले पनी २ रुपैयाँ नाफा खाएर बेच्ने गर्छु।’ वलीले भने।

हिजोआज पनि बजारमा ६० रुपैयाँ प्रतिकिलो टमाटर उपभोक्ताले किनिरहदा मुलपानीका किसानले ३० रुपैयाँ किलोमा बेचिरहेका छन। ‘केही दिन अगाडि हामीले ८ रुपैयाँ किलो बेच्दै थियौ। बजारमा बुझ्न गएको ४० रुपैयाँ किलो रहेछ। १० रुपैयाँमा किनिदिनुस् पसलमै ल्याइदिन्छौ भन्दा ब्यापारीले मानेनन्। रोल्पाका ब्यापारी नै त्यस्तै छन्।’ मुलपानीका कृषक कुमार रोका मगरले सुनाए। ‘कहिले त बारीमा टिपेर संकलन केन्द्रसम्म ल्याएको लगानी पनि उठ्दैन। नबेचुम बारी भरी तरकारी छ। बेच्न ल्यायो खर्च उठ्दैन।’

कृषिमा लगानी गर्नुपर्छ, कृषिबाट नै वैदेशिक रोजगारीलाई नियन्त्रण गर्न सकिन्छ भनिरहँदा बिचौलियाका कारण कृषक ठगिएको बारे सरोकारवाला निकाय मौन छ। ‘न हामीलाई कृषि कार्यालयले हेर्छ न त स्थानीय सरकारले। मुलपानीमा मात्रै २५ घर किसान छौ तर सबैको दशा एउटै हो। बारीमा तरकारी छ तर बजारमा मुल्य छैन। सबैले ठग्ने हामीलाई नै रैछ।

हामीले यहिनेर संकलन केन्द्रमा बेचेको भाउको एक किलोमिटर पर बजारमा दोब्बर तेब्बर मुल्य छ।’ स्थानीय कृषक कमला डागीले गुनासो पोखिन। त्यसो त टमाटर मात्र होइन मुलपानीका किसान काँक्रापनि ठगिएका छन्। ‘हामीले १८–२० रुपैयाँमा बेचेको काँक्रा छेउको लिवाङ बजारमा ब्यापारीले किलोको ७०–८० मा बेच्दै थिए।

मेरो मात्र २५ क्वीन्टल जती काँक्रा मुल्य नपाएरै सकियो।’ कृषक ज्ञानबहादुरले सुनाए। हामीले दिएको प्रतिकिलो ३० रुपैयाँमा किन्न गाह्रो मान्ने उपभोक्क्ता पसलमा गएभने त्यसैलाई ४०–५० रुपैयाँमा पनी किन्छन। उपभोक्क्ता पनि त्यस्तै छन,’ उनले भने।

प्रकाशित: १ भाद्र २०७५ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App