coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक खन्ने क्रममा चोट लागेर मजदुरको मृत्यु

मुगु – सडक खन्ने क्रममा चोट लागेर एक मजदुरको मृत्यु भएको छ। ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत गमगढी–धैन धुलाचौर सडकखण्ड अन्र्तगत सदरमुकाम गमगढीस्थित छायानाथ रारा नगरपालिका–१ ठिनी भन्ने स्थानमा सडक निर्माण गर्ने क्रममा कालिकोट जिल्ला चञ्चल झर्ना गाउँपालिका– ६ का २५ वर्षीय पदम बुढाको चोट लागेर मृत्यु भएको  हो।

सडकको काम गर्ने क्रममा बिहीबार मध्यान्न सावेलले पेटमा चोट लागेपछि तत्काल बुढालाई जिल्ला अस्पताल पु-याइएको थियो। उनको उपचारका क्रममा शुक्रबार विहान मृत्यु भएकोे हो।

बुढाको शव जिल्ला अस्पतालमा राखिएको र पोष्ट मार्टम पछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित: १ भाद्र २०७५ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App