७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

काश्मिर झडपमा थप २ सहित ७८ काे मृत्यु

श्रीनगर – भारत प्रशासित काश्मिरमा मङ्गलबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी दुई जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ।

यससँगै भारतीय काश्मिर इलाकामा सरकारी सुरक्षाकर्मी र स्थानीयबीच भएको द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ।

काश्मिरका विभिन्न १० जिल्लामा प्रदर्शनमा उत्रेका स्थानीयले आफ्नो आन्दोलनलाई हिंसात्मक बनाएको भन्दै प्रदेश सरकारले उक्त क्षेत्रमा लामो समयदेखि कफ्र्यु लगाउँदै आएको छ।

मङ्गलबार पनि ईदको प्रार्थना सकिएलगत्तै बन्दिपुर क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङ्गामुढा वर्षाएपछि चलाएको जवाफी कारबाहीमा दुई जना आन्दोलनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मङ्गलबारको कारबाहीमा मुर्ताजा अहमद र सहिद अहमदको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस/पीटीआई

 

प्रकाशित: २९ भाद्र २०७३ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App