७ वैशाख २०८१ शुक्रबार
कला

‘भाले मोटर’लाई ५० हजार

काठमाडौं – आगामी असोज १९ गते रिलिज हुने फिल्म ‘निर्जला’को गीत ‘भाले मोटर’ को कभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ। 

प्रकाशचन्द्र न्यौपानेको निर्माण तथा राजु गिरीको निर्देशनमा बनेको फिल्मको यो गीतको कभर भिडियो भदौको दोस्रो हप्तासम्म फिल्म निर्माण कम्पनीमाझ पुग्नु पर्ने शर्त राखिएको छ। 

निर्माता न्यौपानेले प्राप्त भिडियोहरूमध्ये प्रथम हुनेलाई ५० हजार रुपैयाँ र दोश्रो हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए । विजेतालाई आफूले निर्माण गर्ने नयाँ फिल्ममा अवसर पनि दिने उनले बताए।

गीतमामा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माले नृत्य गरेका छन् । सलिलसुन्दर तुलाधर र सवनम आचार्यको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द र संगीत तथा क्रान्ति केसीको कोरियोग्राफी छ। 

गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीको पनि अभिनय छ।

 

प्रकाशित: १ भाद्र २०७५ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App