coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जर्मनीले अवसर पाए लाहामलाई नेतृत्व

बर्लिन – जर्मनीले बिहीबार २०२४ को युरोपियन च्याम्पियनसिप आयोजना गर्ने अवसर पाए विश्वकप विजेता खेलाडी फिलिप लाहामलाई आयोजक कमिटीको प्रमुख बनाउने घोषणा गरेको छ।

२०२४ को युरोपियन च्याम्पियनसिपको आयोजनाका लागि जर्मनीसँगै टर्कीले पनि दाबी गरिरहेको छ । सेम्टेम्बर २७ मा बस्ने युइएफएको बैठकले ६ वर्षपछि हुने प्रतियोगिताको आयोजक राष्ट्रबारे निर्णय गर्नेछ।

लाहामको कप्तानीमा जर्मनीले २०१४ मा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । उक्त विश्वकप लगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका ३४ वर्षे लाहामले २०१७ मेमा  बायर्न म्युनिखलाई आठाैं पटक बुन्डेसलिगाको उपाधि जिताएसँगै क्लब खेलजीवनबाट पनि बिदाइ लिएका थिए।

‘मैले सुरुआतबाटै २०२४ को युरोपियन च्याम्पियनसिप सद्भावना दूतका रूपमा काम गर्दै आएको छु,’ लाहामले भने, ‘म जर्मनीले आयोजना अधिकार पाउनेमा विश्वस्त छु । प्रतियोगिताको आयोजक कमिटीको प्रमुख बन्नु मेरा लागि विशेष उपलब्धि रहनेछ  । म उक्त जिम्मेवारी पूरा गर्न तयार छु।’

‘अबको केही सातामै युइएफएले २०२४ युरोपियन च्याम्पियनसिपको आयोजक राष्ट्रबारे निर्णय लिनेछ,’ लाहामले भने, ‘म जर्मन फुटबल संघका अधिकारीहरूलाई साथ दिन सधैं तयार छु।’

जर्मनी र टर्कीबीच पहिलेदेखि जारी चिसो सम्बन्ध मिडफिल्डर मेसुट ओजिलको संन्यासपछि थप बढेकोे छ । ओजिलले आफू जातीय दुव्र्यवहारको सिकार भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए।

गत मेमा टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगनसँग भेटेको तस्बिर सार्वजनिक भएसँगै जर्मन राष्ट्रिय फुटबल टोलीप्रति ओजिलको इमानदारितामा प्रश्न उठेको थियो । त्यसपछि विवादमा आएका ओजिलको जर्मनीमा चर्को आलोचना भएको थियो । महिनाैंपछिको शून्यता तोड्दै अन्ततः ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने घोषणा गरेका थिए।

जर्मनीले २०१४ को विश्वकप उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका ओजिलले आफूमाथि निरन्तर जातीय दुर्ब्यवहार भैरहँदा पनि डिएफबीका अध्यक्ष रेनार्ड ग्रिन्डेलले कुनै प्रतिक्रिया नजनाउँदा आफू निराश भएको उल्लेख गरेका थिए।

प्रकाशित: १ भाद्र २०७५ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App