७ वैशाख २०८१ शुक्रबार
खेल

‘च्याम्पियन्स लिग नजिते पनि सफल’

लन्डन – बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयनाले म्यानचेस्टर सिटी सफल टिम बन्न च्याम्पियन्स लिगको उपाधि जित्नु आवश्यक नरहेको बताएका छन्।

बुधबार अभ्यासका क्रममा घाइते भएका म्यानचेस्टर सिटीका मिडफिल्डर डी ब्रुयनाले लन्डनको एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन्।

डी ब्रुयनालाई अभ्यासको क्रममा दायाँ घुँडामा चोट लागेको छ । यसअघि २०१६ मा घुँडाको चोटका कारण उनले इङ्लिस लिग कपमा १२ खेल गुमाएका थिए । साबिकको विजेता सिटीले नयाँ सिजनमा आर्सनललाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ भने आइतबार हडर्सफिल्डसँग लिगको दोस्रो खेल खेल्नेछ।  

च्याम्पियन्स लिग युरोपको प्रतिष्ठित प्रतियोगिता हो ।  सिटीलाई सन् २००८ मा अबुधाबी युनाइटेड ग्रुपले उल्लेख्य लगानी गर्दै आए पनि क्लबले २०१५–१६ को सिजनमा प्रशिक्षक म्यानुअल पेलिग्रिनीको प्रशिक्षणमा च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्नुबाहेक अन्य सिजनमा भने राम्रो गर्न सकेको छैन। 

गत सिजनको च्याम्पियन्स लिगमा इङ्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी लिभरपुलसँग स्तब्ध हुँदा सिटी प्रतियोगिताबाट बाहिरिएको थियो । इङ्लिस प्रिमियर लिगको उपाधि जितेको सिटीका मिडफिल्डर बु्रयनाले च्याम्पियन्स लिगको उपाधि पनि जित्न सकेको भए यो क्लबका लागि ठूलो सफलता हुने बताए। 

‘सफल टिम भन्न च्याम्पियन्स लिगको उपाधि जित्नु आवश्यक छैन,’ २०१५ देखि सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका डी ब्रुयनाले भने, ‘च्याम्पियन्स लिगको उपाधि जित्नु ठूलो सफलता हो, लिगमा जस्तो एउटै लय यस प्रतियोगितामा आवश्यक पर्दैन । हामीले लिगमा वर्षभरि राम्रो गर्दै आएका थियौं तर लिभरपुलसँगको पराजयले हामी प्रतियोगिताबाट बाहिरिनुपर्याे।’

साथै ब्रुयनाले आफ्नो टोली बेल्जियम रूसमा सम्पन्न विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको क्षण पीडादायी भएको बताए । ‘विश्वकप निश्चित समयमा उत्कृष्ट खेल देखाउने प्रतियोगिता हो,’ डी ब्रुयनाले भने, ‘लिगमा राम्रो गर्न नसके पछाडि परिन्छ तर कप प्रतियोगिता फरक हुन्छ।’

बेल्जियमले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई क्वार्टरफाइनलमा २–१ ले पराजित गर्दा उत्कृष्ट गोल गरेका डी ब्रुयनाले क्लबका प्रशिक्षक पेप ग्वार्डिओलासँगको व्यावसायिक सम्बन्धमा आफू रमाएको बताए।

‘प्रशिक्षक ग्वार्डिओलाको सम्बन्ध सबैसँग फरकफरक छ,’ डी ब्रुयनाले थपे, ‘ग्वार्डिओलाको शैलीमा खेल्न पाउनु मेरा लागि अवसर हो, उनले खेलाउने शैली र मेरो खेल्ने शैली मिल्छ, त्यसैले मलाई स्वाभाविक खेल देखाउन सहज भएको छ।’ 

गत सिजन सिटीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका २७ वर्षे डी बु्रयनाले ८ गोल गर्दै १६ पास दिलाएका थिए । आपूmलाई सफल खेलाडी बनाउन प्रशिक्षक ग्वार्डिओला थप अग्रसर रहेको उनले बताए।

‘एउटै टिममा रहँदा सबैले आफ्नो समस्या सबैका अगाडि भन्नुपर्छ, यदि त्यसो हुन सक्यो भने एकआपसको चिसोपना हट्छ अनि खेलमा त्यसको असर देखिँदैन,’ डी ब्रुयनाले थपे।  

 

प्रकाशित: १ भाद्र २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App