coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मोसेसद्वारा संन्यासकाे घोषणा

अबुजा – नाइजेरियाका २७ वर्षे रक्षक भिक्टर मोसेसले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

२०१२ मा नाइजेरियन राष्ट्रिय टोलीमा समावेश भएका चेल्सीका विंगर मोसेसले ३७ अन्तर्राष्ट्रिय खेलमा १२ गोल गरेका छन् ।  इङ्ल्यान्डको यु–२१ टोलीबाट खेलेका मोसेसले क्रिस्टल प्यालेससँगको अनुबन्धनबाट व्यावसायिक फुटबल सुरुआत गरेका थिए। 

‘नाइजेरियाको जर्सी पहिरँदै जीवनमा केही मीठा पल बिताउन पाएँ, जुन मेरो लिगमा लामो समय यादगार हुनेछ,’ मोसेसले भने, ‘यो नै मेरा लागि संन्यास लिने उपयुक्त समय हो । अब मैले मेरो पारिवारलाई समय दिनेछु।’

‘खेलमा हौसला प्रदान गर्नुहुने सबैमा कृतज्ञ छु । साथै आउँदा दिनमा टोलीलाई राम्रो प्रदर्शन गर्न पनि शुभकामना दिन चाहन्छु,’ मोसेसले थपे। 

मोसेसको टोली नाइजेरियाले २०१३ को अफ्रिकन कपको उपाधि जितेको थियो भने मोसेसले २०१४ र २०१८ दुई विश्वकप संस्करणमा देशको प्रतिनिधित्व गरेका थिए। 

 

प्रकाशित: १ भाद्र २०७५ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App