७ वैशाख २०८१ शुक्रबार
राजनीति

असल नियतका साथ विश्वासको वातावरण बनाउन भ्रमण केन्द्रित: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने तर्फ केन्द्रित हुने बताएका छन्। आज संसदलाई आफ्नो भारत भ्रमणको बारेमा व्रिफिङ गर्दै उनले भने, 'भ्रमणमा प्रथामिकता धेरै विषय उठान गर्नु भन्दा दुई देशबीच विश्वासको वातावरण बनाउनमै केन्द्रित हुने छ।'

दाहालले भ्रमणमा विगतका सम्झौता पालना गराउने तर्फ पनि कुरा गरिने बताए। उनले हुलाकी मार्गको पहिलो चरणको निर्माण र दोस्रो चरणको सहायताको बारेमा पनि छलफल गर्ने बताए। 00

दाहालले उर्जा व्यापार सम्झौता (पिटिए) र पञ्चेश्ववरको डिपिआरको बारेमा छलफल गरिने जानकारी दिए। भूकम्प पछिको पुननिर्माणमा सहयोगबारे पनि भ्रमणको क्रममा छलफल हुने उनको भनाई थियो।

एकीकृत चेकपोष्ट, भारत सरकारले घोषणा गरेको सहुलिय दरको ऋण सीमा क्षेत्रमा देखिएको डुवान र विसाखपटनमबाट रेल सेवा सञ्चालन गर्ने तर्फ पत्र आदान प्रदान हुने दाहालले बताए।

 

 

 

 

 

प्रकाशित: २९ भाद्र २०७३ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App