महिला इन्जिनियर घट्दो

शुक्रबार, ०१ भदौ २०७५, ०७ : ४७ रूबी रौनियार

काठमाडौं - प्राविधिक धारको इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढे पनि महिलाहरुको सहभागिता भने न्यून रहेको देखिएको छ। इन्जिनियरिङका विभिन्न विधामा महिलाहरुको पहुँच विगत दुई दशकमा १२.५० प्रतिशत मात्र पुगेको छ।

नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्यांकअनुसार २०५७/०५८ देखि २०७५ जेठसम्म कुल ४५ हजार १ सय १७ इन्जिनियरहरुले दर्ताका लागि आवेदन दिएका छन् । कुल ४७ विधाका इन्जिनियरहरुमध्ये ३९ हजार ४ सय ७७ पुरुष इन्जिनियरले अनुमतिका लागि आवेदन दर्ता गराएका छन् भने महिलाहरुको संख्या ५ हजार ६ सय ४० मात्र छ। प्रतिशतमा हेर्दा कुल इन्जिनियरमध्ये विगत दुई दशकमा पुरुष इन्जिनियरहरुको ८७.४९ प्रतिशत पहुँच पुगेका छ।

४७ विधाका इन्जिनियरहरुमध्ये ३९ हजार ४ सय ७७ पुरुष इन्जिनियरले अनुमतिका लागि आवेदन दर्ता गराएका छन् भने महिलाहरुको संख्या ५ हजार ६ सय ४० मात्र छ।

काउन्सिलका पूर्व अध्यक्ष ई. सत्यनारायण साहका अनुसार १९७० को दशकतिर इन्जिनियरलाई समाजले नै मसलपावर देखाउने पेसाका रुपमा लिने गरेकाले सो समयमा इन्जिनियरिङमा पुरुषहरुको मात्रै दबदबा थियो। नेपालमा मात्र नभएर अन्य देशमा पनि अवस्था यस्तैयस्तै थियो। महिलाहरु इन्जिनियरिङ पढ्दैनथे। सन् १९८० को दशकतिर भने महिलाहरु पनि इन्जिनियरिङमा आकर्षित हुन थाले। ‘८० को दशकतिर एकदुई महिलाले आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरेको देखिन्छ,’ पूर्व अध्यक्ष साह भन्छन्, ‘तर अन्य विधातर्फ भने अझै पुहँच पु-याउन सकिएको छैन।’

तथ्यांकअनुसार इन्जिनियरिङको ४७ विद्यामध्ये सिभिलमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सिभिलतर्फ कुल १८ हजार ८ सय ५३ ले आवेदन दर्ता गराएका छन्। तीमध्ये १७ हजार १ सय १८ सिभिल इन्जिनियर पुरुष छन् भने महिलाको संख्या १ हजार ६ सय ७० छ । सिभिल इन्जिनियरिङतर्पm ९१.१४ प्रतिशत पुरुष छन् भने महिलाहरु ८.८५ प्रतिशत मात्र छन्।

यसैगरी एरोनोटिकल, एग्रिकल्चर, आइटी, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, अर्थक्वेकलगायतका इन्जिनियरिङका विधामा महिला र पुरुषबीचको अन्तर ठूलो छ।

‘आइटी सुरु भएको धेरै नभएकाले कम होला तर सिभिल, मेकानिकललगायतका विधामा फिल्डमा गएर काम गर्नुपर्छ,’ साहले भने, ‘महिलाहरुलाई समाजिक अप्ठ्याराले गर्दा पनि यी विषयमा आकर्षण कम भएको हो।’

पुल्चोक इन्जिनियरिङ कलेजका मेकानिकल विभाग पूर्वप्रमुख डा. प्रमोद श्रेष्ठले महिलाहरुलाई इन्जिनियरिङमा पहुँच पु-याउन १० प्रतिशत महिला आरक्षण कोटा छुट्याइएको बताए। आरक्षण भए पनि महिला सहभागिता पु-याउनै मुस्किल पर्ने उनले बताए। ‘सिभिल, मेकानिकल, इलेक्ट्रिकललगायतका विषयमा मेसिनरी विषय भएकाले इन्जिनियरिङ विषयमा महिलाहरुको न्यून उपस्थिति भएको हो,’ डा. श्रेष्ठले बताए। ‘अब सरकारले नै स्कुल शिक्षादेखि नै इन्जिनियरिङ विषयलाई महिलामैत्री बनाउँदै जानुको विकल्प छैन। स्कुलमै विद्यार्थीलाई करिअर काउन्सिलिङ गर्दै जानुपर्छ। सीपमूलक प्राविधिक शिक्षाले महिला दक्ष र आर्थिक रुपमा सक्षम बन्छन्,’ उनले भने।

ललितपुर इन्जिनियरिङ कलेजका संचालक तथा प्रिन्सिपल ललन तिवारीका अनुसार सिभिल इन्जिनियरहरु सिँचाइ, सडक, खानेपानी, हाइड्रोजस्ता अप्ठ्यारो काममा लाग्नुपर्ने भएकाले पनि स्वभावैले यस पेशामा पुरुषहरु बढी भएको बताउँछन्। उनले समग्र इन्जिनियरिङकै विधामा महिलाको पहुँच नपुग्नुमा सामाजिक र परम्परागत सोचले प्रभाव पारेको बताउँछन्।

आर्किटेक्टमा महिलाको वर्चश्व
इन्जिनियरिङकै अर्काे विधा आर्किटेक्चर अर्थात वास्तुकलामा भने महिलाहरुको सहभागिता पुरुषको तुलनामा बढी देखिएको छ। आर्किटेक्ट इन्जिनियर अन्जना श्रेष्ठ वैद्य बुवाको चाहनाअनुसार आपूmले आर्किटेक्ट अध्ययन गरेको सुनाउँछिन्। ‘मलाई आर्ट डिजाइनतर्फ निकै रुचि भएकाले मैले आर्किटेक्ट इन्जिनियर पढें,’ अन्जनाले भनिन्, ‘अन्य इन्जिनियरिङ विधाभन्दा वास्तुकला इन्जिनियर विषय अध्ययन गर्न सहज छ । अध्ययनपछि घरपरिवार सम्हाल्दै काम गर्न सकिन्छ।’ एक बच्चाकी आमा अन्जनाले थपिन्, ‘मेरै कुरा गर्ने हो भने म कामको सिलसिलामा बाहिर जान मुस्किल पर्छ।’

अर्की वस्तुकला इन्जिनियर सुदीक्षा भण्डारीका अनुसार आर्किटेक्ट महिलाहरुको विवाहपछि जीवन परिवर्तन हुने भएकाले व्यवसायिक परिवर्तन नै आउने गरेको कारण पनि आर्किटेक्टलाई नै छनोट गर्ने गरेका हुन्। अन्य विधामा अध्ययनपछि व्यावसायिक रुपमा अघि बढ्न समाजिक अड्चनले बाधा पु¥याउने गरेको उनको अनुभव छ।

वास्तुकला इन्जिनियरिङ विषयमा कुल २ हजार ४५ इन्जिनियरहरुले दर्ता गरएकोमध्ये १ हजार १ सय ८७ महिला छन् भने पुरुषहरुको संख्या ८ सय ५८ मात्र छ। वास्तुकला इन्जिनियरिङमा महिलाहरु ५८ प्रतिशत छन् भने पुरुषहरुको संख्या ४१ .९५ प्रतिशत छ।

ललितपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल ललन तिवारीका अनुसार उनको कलेजमा सिभिल र कम्प्युटर इन्जिनिरिङको ४८–४८ कोटामा सिभिलमा ९ र कम्प्युटरमा ६ जना मात्र महिला अध्ययन गरिरहेका छन् । ‘प्राक्टिकलको हिसाबले आर्किटेक्टमा चित्रकला बढी छ। सिभिलमा म्याथ तुलनात्मक रुपमा बढी अध्ययन गर्नुपर्छ । त्यही भएर महिलाहरुको रुचि बढेको देखिन्छ,’ उनले भने।

पुल्चोकका कलेजका डा. प्रमोद श्रेष्ठका अनुसार आयको हिसाबले पनि सिभिल र मेकानिकलको आय आर्किटेक्टको तुलनामा बढी छ। ‘अब यस विषयलाई पनि प्राथमिकताका साथ अध्ययन अनुसन्धान गरी महिलाको पहुँच इन्जिनियरिङको अन्य विधामा पनि बढाउन नयाँ किसिमको नीति तय गरी अघि बढ्नु पर्छ,’ उनले भने।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad