दाहालसँग मधेसी मोर्चा क्रुद्ध

बुधबार, २९ भदौ २०७३, १० : ०१ रुद्र खड्का

 

 

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल तीनबुँदे सम्झौता कार्यान्वयन प्रक्रियामा नलगी भारत भ्रमणमा जान थालेपछि मधेसवादी दल आक्रोशित भएका छन्। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभएपछि मधेसवादी दलको आक्रोश चुलिँदै गएको हो ।

भारत भ्रमण सुरु गर्नुअघि नै तीनबुँदे सहमति कार्यान्वयन प्रक्रिया सुरु हुने आशामा रहेका मोर्चासम्बद्ध मधेसवादी दल प्रधानमन्त्रीले यसतर्फ चासो नदिएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । संविधानप्रति असन्तुष्ट मधेसी दलले अब संविधान संशोधनलगायत सहमति कार्यान्वयनका लागि लामो समय नपर्खने बताउन थालेका छन् । साउन १९ गते दाहाललाई प्रधानमन्त्रीमा चयन गर्नुअघि कांग्रेस–माओवादी गठबन्धन र मोर्चाबीच तीनबुँदे सम्झौता भएको थियो ।

मोर्चाले सरकार पक्षले कार्यान्वयन गर्ने भनिएका तीनमध्ये दुई बुँदा कार्यान्वयन नगरेर ‘बेइमानी’ गर्न थालेको जनाएको छ । ‘मोर्चासँगको सम्झौता कार्यान्वयन नगरेर सरकारले निहुँ खोज्न थालेजस्तो लागिरहेको छ,’ मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘सरकारले क्याबिनेटद्वारा गर्न सक्ने निर्णय पनि नगर्दा अचम्म लागेको छ ।’

तीन बुँदे सम्झौतामा मोर्चामा आबद्ध दलका सांसदले प्रधानमन्त्रीका उम्मेदबार दाहालको पक्षमा मतदान गर्ने र उनी प्रधानमन्त्री भएपछि सरकारले मधेस आन्दोलनमा मारिएका व्यक्तिका आफन्तलाई राहत, घाइतेको उपचार खर्च बेहोर्ने, मुद्दा फिर्ता लिने र संविधान संशोधन प्रक्रिया थाल्ने उल्लेख छ ।

मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा मधेस आन्दोलनमा मारिएका मध्ये अझै केहीलाई सरकारले सहिद घोषणा नगरी र घाइतेलाई उपचार रकम उपलब्ध नगराउँदा उसको नियतमाथि शंका गर्नुपर्ने अवस्था आएको बताउँछन् । त्यस्तै आन्दोलनमा भएको क्षति विवरण संकलन गरी सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगलाई सरकारले पूर्णता नदिएका प्रति पनि मधेसवादी दलले आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस–माओवादी गठबन्धनको आधार नै मधेसी, थारु, जनजातिका असन्तुष्टि समाधान गर्नु रहेकाले पनि अधिकांश मधेसवादी दल दाहाल प्रधानमन्त्री चयन भएको एक महिनामा कम्तीमा क्याबिनेटले गर्न सक्ने निर्णय गर्ने र संविधान संशोधन प्रक्रिया सुरु हुने अपेक्षामा रहेको झाले बताए। मोर्चाका नेतासँगको अनौपचारिक छलफलमा समेत प्रधानमन्त्री दाहालले भारत भ्रमणअघि नै असन्तुष्टि सम्बोधन प्रक्रिया थाल्ने बताउँदै आएको अवस्था हो । तर, पछिल्लो समयमा दाहालले विस्तारै आफैंले प्रतिबद्धता जनाएका विषय बिर्सन थालेको आभास भइरहेको मोर्चाका नेता बताउँछन् । फोरम अध्यक्ष यादवले भने, ‘पछिल्लो समयमा दाहालसँग वार्ता पनि हुन सकेन । पटक पटक हुने भनिएको छलफल पनि स्थगित गरियो ।’

मोर्चाका माग सम्बोधन नगरी प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जान लागेपछि अन्योल देखिन थालेको नेताहरू बताउँछन् । भारत भ्रमण सकिएलगत्तै दाहालको  अमेरिका जाने तालिका छ । त्यसपछि चाडपर्व सुरु हुने भएकाले संविधान संशोधनलगायत प्रक्रिया सुरु हुन गाह्रो पर्ने एक नेताले बताए । मोर्चाका संयोजक यादवका अनुसार माग सम्बोधन गर्नेतर्फ लाग्न प्रधामन्त्रीले अमेरिका भ्रमण रद्ध गर्नुपर्छ। ‘अहिलेको बेला प्रधानमन्त्री युरोप, अमेरिका घुम्ने होइन,’ यादवले भने, ‘अब प्रधानमन्त्रीले देशका समस्यातिर ध्यान दिनुपर्छ । झुपडीतिर हेर्नुपर्छ ।’

सरकारले मधेसी, थारु, जनजातिका माग सम्बोधन गर्नुको साटो विभिन्न बहानामा झुलाउँदै जाने हो भने लामो समयसम्म नपर्खने उनले बताए । यादवले भने, ‘सरकारले ढिलासुस्ती गर्दै जाने हो भने मोर्चा लामो समयसम्म पर्खंदैन । कति समय पर्खने भन्ने टुंगो चाँडै मोर्चा  र गठबन्धनको बैठक बसेर टुंगोमा पु¥याउँछौं ।’

गत वर्ष असोज ३ गते संविधान जारी भएपछि प्रदेश सीमांकन, भाषा, नागरिकता, राष्ट्रियसभाको बनोटलगायत विषयमा असन्तुष्टि जनाएका मधेसवादी दलले करिब ६ महिना आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा सुरक्षाकर्मी, सर्वसाधारण र आन्दोलनकारीसहित ६८ जनाले ज्यान गुमाएका थिए। ६ सयजति घाइते भएका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले भने असन्तुष्ट दल र समूहका मागप्रति सरकार गम्भीर हुँदाहुँदै पनि समय अभाव कारण प्रधानमन्त्रीको भारत भ्रमणअघि संविधान संशोधन प्रक्रिया थाल्न नसकिएको बतायो । स्रोतका अनुसार कांग्रेस–माओवादी गठबन्धन संविधानमा व्यवस्था गरिएको सीमांकन, नागरिकता, राष्ट्रियसभा बनोट र भाषासम्बन्धी प्रावधान संशोधन गर्ने मनसायमा छन् । कांग्रेस–माओवादीले तय गरेको संशोधन विषयवस्तुमा असन्तुष्ट समूह र प्रमुख प्रतिपक्ष एमालेसँग छलफल गर्न बाँकी छ । सरकारले चार विषय (सीमांकन, नागरिकता, भाषा र राष्ट्रियसभा बनोट) मा संविधान संंशोधनका लागि घनिभूत छलफल आवश्यक ठानेको बालुवाटार स्रोतले जनायो। 






यसमा तपाईको मत

अन्य समाचार

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

Ncell Footer Ad