coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोरम्बा हत्याकाण्ड सुनियोजित घटना : दाहाल

रामेछाप  - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दोरम्बा हत्या काण्ड तात्कालीन शासकहरूको सुनियोजित ढंगले गराएको घटना भएको बताएका छन्। बिहीबार दोरम्बा गाउँपालिका दोरम्बामा १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले त्यो बेलाका शाषक राजा महाराजाले एउटा परिवर्तनको आन्दोलनलाई फेल गराउन सुनियोजितरूपमा हत्याको मञ्चन गरेको बताए । उनले दोरम्बा हत्याकाण्डको बलिदानीको विशेष महत्व रहेकोसमेत जिकिर गरे।

तत्कालीन समयको विद्रोही पक्ष युद्धविरामको घोषणा गरेर सरकार पक्षसँग वार्तामा बसिरहेका बेला वार्ता भंग गराई आफ्नो राज स्थापना गर्नका लागि घटाइएको उक्त घटनामा सेना र सरकारको कुनै दोष नरहेको धारणा राख्दै दरबारको दोष रहेको दावी गरे। उनले टाउको मूल्यसमेत तोकेर परिवर्तन रोक्ने खोजेता पनि दमनकारीको जित नभई न्याय, शान्ति र परिवर्तन र स्थायित्वका निम्ति भने जनताको हार भने कहिल्यै हुन नपाएको बताए । उनले दोरम्बालाई युद्ध पर्यटकीय स्थल बनाउने, पार्क निर्माण गर्ने, रामेछाप, दोलखा र काभ्रेलाई समेटेर गुरिल्ला युद्ध पर्यटकीय मार्गका रूपमा विकास गर्न पहल गर्ने आश्वासन पनि दिए।

‘अब त राहतको आशा पनि मारिसक्यौं। के आशा गर्ने र अहिलेसम्म केही भएन। आफ्नो दुःख आफैंसँगै श्रीमान् त गुमाएको पीडा एकातिर छँदैछ तर पनि राज्यले पीडित परिवारलाई सम्बोधन गर्न नसकेको देख्दा झन् पीडा हुन्छ,’

सेनाको हेलिकप्टरबाट दोरम्बा पुगेका दाहालले दोरम्बाकाण्डामा हत्या गरिएका आफ्ना जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सम्झनामा दोरम्बा गाउपालिका १ डडुवामा निर्माण सहिद स्मारक पार्कमा पुग िउनीहरुको सम्झनामा मैन बत्ती बालेर तत्कालीन घटनास्थलको समेत पहिलोपटक निरीक्षण गरेका थिए । प्रचण्डले कार्यक्रममा जम्मा भएका मृतकका परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए।

दाहाल मौसम अनुकूल हुन नसक्दा दोरम्बामा नै बसेका छन्। दोरम्बास्थित सेनाको गुल्ममा हेलिकप्टर ल्याण्ड गरी दोरम्बा बजार पुगेका दाहाललाई मौसम अनुकूल नहुन सक्छ भन्दै आयोजकले कार्यक्रम छोटो बनाएर छिटै सकेर बिदा गरिएको भएता पनि एक्कासी बादले दोरम्बालाई घेरेपछि हेलिकप्टर उडन सकेन । गुल्ममा अबेरसम्म उडनका लागि बसेता पनि साँझ सम्म मौसम खुल्न नसकेपछि दाहाल बिहीबार दोरम्बास्थित होम स्टेमा नै बास बसेका छन्।

घटना पीडित भन्छन् : आशा गर्दै बिते १५ वर्ष
२०६० साल साउन ३२ गते भएको दोरम्बा हत्याकाण्डपश्चात मुुलुकमा ११ वटा सरकार परिवर्तन भए। त्यसमा पनि ६ पटक त कम्युनिस्टकै नेतृत्वमा सरकार बन्यो । तर १५ वर्षदेखि आँखा रसाउँदै बसेका पीडितलाई राज्यले अभै पनि सम्बोधन गर्न सकेको छैन । सानै खुशीको आभास गर्न नसकेका पीडितले यतिबेला आशा राख्नसमेत छाडिसकेका छन् । जुन सरकार आए पनि पनि आशा राख्दाराख्दै निराश बनेर १५ वर्ष बितेको दोरम्बा हत्या गरिएका त्यसबेलाका जनसरकार प्रमुख बाबुराम तमाङकी पत्नी कान्छीमाया तमाङले बताइन्।

‘अब त आशा पनि मारिसक्यौं । के आशा गर्ने र अहिलेसम्म केही भएन। आफ्नो दुःख आफंैसँगै श्रीमान् त गुमाएको पीडा एकातिर छँदैछ तर पनि राज्यले पीडित परिवारलाई सम्बोधन गर्न नसकेको देख्दा झन् पीडा हुन्छ,’ उनले भनिन् । सरकारले केही गर्ला कि भनेर आशा गरेर बस्यांै तर केही भएन। तर अब आफ्नै सरकार आएको छ केही गर्ला कि भन्ने आशा कतैकतैबाट पलाए पनि खै के होला र भन्ने लाग्ने गरेको बताइन्। त्यो बेलामा अभिभावक गुमाएका बालबच्चा पनि यतिबेला हुर्किएर आफैं गरेर खानसक्ने भइसके। दुःखकासाथ हुर्किए। उचित शिक्षादीक्षाका लािग राज्यबाट केही अवसर त पाएनन् तर अन्य अवसरमा पुग्न सक्ने योग्यता बनाउन नसक्दा पीडित झन पीडामा ज्यून बाध्य हुुनुपरेको अर्की पीडित विष्णुमाया तमाङ बताउँछिन्।

दोरम्बा घटनामा आफ्नो बाबु गुमाएका कपिलराज गिरीले दोरम्बा घटना विशेष चर्चाको घटना र फरक प्रकृतिको घटना भए पनि उक्त घटनालाई अरु सरह नै राख्नु पीडित परिवारका लािग दुःखद र दुर्भाग्य बनेको बताए। उनले सम्झना र स्मृतिमा मात्र १५ वर्ष बित्दा पीडितहरूको पक्षमा न्याय हुन नसकेको बताए । पीडितको चाहना र अभावका साथै सहिदको बलिदान अवहेलना राज्यले गरेको गिरीले बताए । राज्यले १० लाख उपलब्ध गराएर पीडितका लागि अरु केही नगर्दा आफ्नो बाबुको रगत बेचेर पैसा लिए जत्तिकै भएको उनले बताए । बाबु गुमाएका अर्का पीडित सागर तमाङले राज्यले अहिलेसम्म दिएको १० लाख रकमले पीडितको चाहना पूरा नहुने बताए । उनले अभिभावक भएको पढ्न केही सहज हुन्थ्यो तर पढन नसक्दा आफूलगायत अन्य पीडित पविारका व्यक्तिले अवसरबाट समेत वञ्चित हुुनुपर्ने अवस्था रहेको बताए। पीडितले अझै पनि पीडकलाई कारबाही र पीडित परिवारलाई राज्यले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

युद्धबिरामकै अवस्थामा दोरम्बामा २१ को मृत्यु
१५ वर्ष अघि २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै अवस्थामा सरकार र माओवादीबीच वार्ता भइरहदा दोरम्बा स्थित शिक्षक युवराज मोक्तानको घरमा पार्टीको बैठक र वैवाहिक कार्यक्रममा जम्मा भएका जिल्ला स्तरीय नेता तथा कार्यकर्तालाई मेजर राममणि पोखरेलको नेतृत्वमा रहेको रहेको सेनाको गस्ती टोलीले घर घेरा हाली नियन्त्रण लिइएको थियो। सेनाले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताको हात बाध्नुका साथै आँखामा पट्टीसमेत बाधेर दोरम्बा बजार हुँदै डडुवाका डाँडा कटेरीमा लगेर हत्या गरेको थियो । २ जनाको नियन्त्रणमा लिएको घरमा हत्या गरेको थियो भने १९ जनालाइ भने डाँडाकटेरी पु-याएर गोली हानी हत्या गरेको थियो। दोरम्बा घटना पछि माओवादी बार्ता भंग गरी हिँडेको थियो।

प्रकाशित: १ भाद्र २०७५ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App