७ वैशाख २०८१ शुक्रबार
राजनीति

वाजपेयीकाे निधनमा प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

फाइल तस्विर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधनमा समवेदना व्यक्त गरेका छन्।

नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विहिवार एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय वाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता भएकाे उल्लेख गरेका छन्।सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय वाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन्।

पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र भएकाे बताएका छन्। प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय वाजपेयीले गर्नुभएको योगदानको स्मरण समेत गरेका छन्। स्वर्गीय वाजपेयीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गरेका छन्। रासस

प्रकाशित: ३१ श्रावण २०७५ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App